जनप्रिय जुनियर युवा रेडक्रस सर्कलमा विविशा खड्का

जनप्रिय माध्यमिक विद्यालय हेटौडा १६ हटिया चिसापानी मकवानपुरमा जुनियर युवा रेडक्रस सर्कल आज गठन भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा हटियाका अध्यक्ष राजकुमार बास्तोलाको प्रमुख आतिथ्यता तथा जनप्रिय मावि का सहायक प्रधानाध्यापक रामआशिष मण्डलको विशेष आतिथ्यतामा रेडक्रस सर्कल गठन भएको हो । कार्यक्रम जनप्रिय माविका अतिरिक्त क्रियाकलाप तथा साँस्कृतिक विभाग प्रमुख युक्तलाल विश्वकर्माको अध्यक्षतामा संचालित  भएको थियो ।


कार्यक्रममा रेडक्रसको बारेमा प्रकास पार्दै प्रमुख अतिथी वास्तोलाले विद्यालय शिक्षा देखिनै रेडक्रसको मानवीय सेवामा समर्पित हुन सबैमा आग्रह गर्नु भयो । कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको भेलाले कक्षा ९ अंग्रेजी माध्यममा अध्ययनरत विविषा खड्काको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ। नवगठित कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्ष सुविज्ञा तिमल्सिना सचिव प्रतिमा पनेरु कोषाध्यक्ष अञ्जली भोम्जन सहसचिव अनुसा योञ्जन सहकोषाध्यक्षमा सरगम रुपाखेती निर्विरोध चयन भएका छन् । सदस्यहरुमा आकृषा गौतम, पुजना न्यौपाने, सृष्टि अधिकारी चयन हुनुभएको छ । 

रेडक्रस हटिया उपशाखा सचिव मोहनचन्द्र चौलागाईले सञ्चालन गर्नुभएको कार्यक्रममा सदस्य गोविन्द दुलाल विद्यालयका सञ्चार विभाग प्रमुख सुनिल गौतम अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ  तथा साहित्य वौद्धिक विभाग प्रमुख संप्रस पौडेल लगायतको उपस्थिती रहेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.