हेटौंडा उपमहानगरपालिका १६ को बाल सञ्जाल समूहले आज हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । जनप्रिय मावि विव्यस सदस्य कृष्णप्रसाद पनेरुको प्रमूख आतिथ्यता तथा प्रधानध्यापक भुपेन्द्र चौलागाईंको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नं १६ भरिका १५ वटा बाल समूहले प्रतियोगितामा भाग लिएका थिए ।
बालबालिका संग सम्वन्धित रहेका इतिहास, भूगोल तथा समसामयिक विषय क्षेत्रको प्रश्न सोधिएको प्रतियोगितामा त्रिशुले बाल समुह प्रथम त्यसैगरी हटिया एकेडेमी बाल समूह द्धितीय र चिसापानी बाल समूह तृतीय हुन सफल भएको वडा बाल सञ्जाल सचिव उज्ज्वल कोईरालाले बताउनु भयो ।
कार्यक्रममा जनप्रिय माविका शिक्षकहरु, रेडरोज मा बि का शिक्षक प्रदिप आचार्य, तथा अभिभावक राजन तिमिल्सिनाको उपस्थिती रहेको थियो । अन्तिम सत्रका कार्यक्रम संचालक समेत रहेका सचिव कोइरालाले सम्पूर्ण सहयोगी लाई धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
