जनप्रिय माध्यमिक विद्यालय हेटौडा १६ ले SEE मा उत्कृष्ठता हासिल गरेका लगायत सफल सबै विद्यार्थीलाई सम्मान गरेको छ । हेटौंडा उपमहानगरका सामाजिक विकास संयोजक एवम् वडा नं १६ का अध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा जिपिए 3.6 देखि 4 हासिल गर्ने ४ जना विद्यार्थीलाई जनही ५ हजार नगद र प्रशंसा पत्र सहित सम्मान गरिएको हो । त्यस्तै 3.2 देखि 3.6 हासिल गर्ने १६ जना विद्यार्थीलाई जनही ३ हजार नगद र प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा डी प्लस भन्दा माथिल्लो थ्रेड प्राप्त गर्ने ९८ जना विद्यार्थीलाई प्रशंसापत्र र खादा सहित सम्मान गरिएको हो ।
यसैगरी उत्कृष्ठ नतिजा दिलाउन सफल शिक्षकहरुलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो । जसमध्ये समग्रमा सबैभन्दा बढी ए प्लस ग्रेड ल्याउन सफल साधारण धारतर्फका शिक्षक रविन श्रेष्ठ त्यसैगरी प्राविधिक धारतर्फका शिक्षक सुजन कँडेल कार्यकक्रममा सम्मानित हुनुभएको हो । त्यसैगरी उच्चतम औषत जिपिए प्राप्त गर्ने विधातर्फ साधारण र प्राविधिक धारतर्फ क्रमश रविन श्रेष्ठ र विजय थिङ्ग त्यसैगरी विषयगत रुपमा शत्प्रतिशत नतिजा ल्याउन सफल शिक्षकहरु अणिमा पोखरेल,विजय थिङ्ग र दिनेश लामा सम्मानित भएका हुन् । विद्यालयको नतिजा र सफलतामा सबै शिक्षकको उत्तिकै मेहनत र भूमिका रहेको ठहर गर्दै विद्यालयका सम्पूर्ण शिक्षकहरुलाई पनि कार्यक्रममा टिका र खादा तथा डायरी सहित सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोईरालाले विद्यालयको यो प्रगति ऐतिहासिक भएपनि अझै यो नतिजालाई मानक अवस्थासम्म पुर्याउनपर्नेमा जोड दिनुभयो । सफलता हासिल गर्ने सबै विद्यार्थी तथा शिक्षकलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा जनप्रिय देशकै उत्कृष्ठ शैक्षिक गन्तव्य बनाउन सबै लागिपर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नं १६ का सदस्यहरु गुरुप्रसाद ढकाल, राजन दाहाल, संगिता विश्वकर्मा, कमला धिमाल, विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद पनेरु, पिटिए सदस्य मधु बञ्जारा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले स्वागत गर्नुभएको कार्यक्रममा सहायक प्रधानाध्यापक रामआशिष मण्डलले विद्यालयको प्रशासनिक पाटोको जानकारी गराउनुभएको थियो । कार्यक्रमको व्यवस्थापकीय जिम्वेवारी शिक्षक संप्रस पौडेल, विष्णुहरि गाैतम, देवराज गौतम, प्रदिप दाहाल र दिपेन्द्र पौडेलले गर्नुभएको हो ।
विद्यार्थी लक्षित शैक्षिक परामर्श सम्पन्न
यसैबीच जनप्रिय माविले आज नै विद्यार्थी लक्षित शैक्षिक परामर्श सम्पन्न कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक सत्र २०७९ का SEE विद्यार्थी लाई आगामी शैक्षिक यात्राको शुभकामना सहित शैक्षिक परामर्श प्रदान गरेको हो । व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न परामर्शमा विद्यालयका विभिन्न विभागका प्रमूखहरुले आफ्नो धारणा राख्नुभएको थियो ।
जनप्रिय माविले यसै शैक्षिक वर्षदेखि सञ्चालनमा ल्याउने अंग्रेजी माध्यम सहितको व्यवस्थापन संकाय तथा प्राविधिक धारतर्फका संकायमा विद्यार्थीले आफ्नो रोजाई रहेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका सिटिभिटि तर्फका अनिल सापकोटा,प्राविधिक धारतर्फका सुजन कँडेल, नेपाली माध्यमका संयोजक नीरबहादुर खड्का अग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ, व्यषवस्थापन समिति सदस्य कृष्ण प्रसाद पनेरु एवम् प्रधानाध्यापक भुपेन्द्र चौलागाईले विद्यार्थी परामर्श गर्नुभएको हो । जनप्रिय मिडिया विभाग संयोजक सुनिल गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षकहरु नम्रता शर्मा, तुलषा रायमाझी लगायतले खाजा व्यवस्थापन गर्नुभएको थियो ।
