जनप्रिय क्रियशन क्याम्प आजबाट शुरु

 


जनप्रिय साहित्य तथा बौद्धिक विभाग र मिडिया विभागको संयुक्त आयोजनामा जनप्रिय माध्यमिक विद्यालयले आजदेखि  जनप्रिय क्रियशन क्याम्प कार्यक्रम शुरु गरेको छ । क्रियशन क्याम्पमा साहित्य विधाका सबै क्षेत्रमा बालबालिकाको प्रतिभा प्रस्फूटन हुने साहित्य तथा बौद्धिक विभागका संयोजक संप्रस पौडेलले जानकारी दिनुभयो 

कार्यक्रमको शुरुवाती चरणमा बालबालिकालाई साहित्यका थुप्रै विधा मध्ये यात्रा संस्मरण लेखनका तौरतरिका प्रशिक्षण गरिएको हो । यसका साथै पुस्तक निर्माण सम्बन्धी आधारभूत कार्यहरू समेत प्रयोगात्मक रुपमा अभ्यास गरिएका छन् । बालबालिकाको चौतर्फी विकासमा उनिहरुले नै रोजेका विषयमा भरिएको सहक्रियाकलाप फारममा नामावली भएका बालबालिकालाई लक्षित गरी यस्तो कार्यक्रम सम्पन्न गरिएको हो । 


जनप्रिय क्रियशन क्याम्पमा बालबालिकाले नै तयार गरेका पुस्तकहरुलाई सार्वजनिक गरिने र त्यसको बौद्धिक समीक्षा समेत गरिने साहित्य तथा बौद्धिक विभाग संयोजक तथा मिडिया संयोजक संप्रस पौडेल र सुनिल गौतमले बताउनुभयो । कार्यक्रमलाई साहित्यकार एवम् शिक्षक द्वय सुनिल गाैतम र संप्रस पाैडेलले  सहजीकरण गर्नुभएकाे हाे ।

जनप्रिय अतिरिक्त क्रियाकलाप तथा सास्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्माको संयोजकत्वमा भएको कार्यक्रममा जनप्रिय नेपाली माध्यम संयोजक नीर बहादुर खड्का र अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ लगायतको उपस्थिति थियो । साहित्य तथा वौद्धिक र सञ्चार क्षेत्रमा आफूलाई सहभागी गराउन चाहने विद्यार्थीलाई क्रियशन क्याम्पमा सहभागी गराईएको थियो ।  क्याम्पमा सहभागि भएका बाहेक कक्षा ६ देखि ९ सम्मका बालबालिकालाई साहित्यका विभिन्न क्षेत्रमा कक्षा शिक्षकहरुले साहित्यका फरक विधामा सहभागी गराई कक्षाकार्य गराउनुभएको थियो । प्रशिक्षण पछि जनप्रिय क्रियशन क्याम्पमा अभिभावक र साहित्यिक विशिष्ट व्यक्तित्वको साथमा बृहत प्रदर्शनीको तयारी रहेको प्रधानाध्यापक भुपेन्द्र चौलागाईले जानकारी दिनुभयो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.