मानव अधिकार चलचित्र केन्द्र एच आर एफ सी का सदस्य निर्मल ढुङ्गानाबाट जनप्रिय माविमा कक्षा ४ मा अध्ययनरत छात्रा सर्मिला सुनारलाई छात्रवृत्ति प्रदान गरिएको छ ।अति बिपन्न तथा जेहेनदार दलित छfत्रा सुनारलाई वार्षिक १५ हजारका दरले ढुङ्गानाले छात्रवृत्ति उपलब्ध गराएका हुन् । ढुङ्गानाले गत ३ वर्षदेखि सुनारलाई यस्तो छात्रवृत्ति रकम उपलब्ध गराउँदै आएका छन् ।
विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चैलागाईको
प्रमुख आतिथ्यता तथा सहायक प्रअ रामअशिष मणडलको विशेष उपस्थितिमा छात्रवृत्ति
प्रदान गरिएको हो । जनप्रियका अतिरिक्त क्रियाकलाप तथा साँस्कृतिक विभाग प्रमुख
युक्तलाल विश्वकर्माले संयोजन तथा सञ्चालन गर्नुभएको कार्यक्रममा जनप्रिय माविका
नेपाली माध्यम संयोजक नीरबहादुर खड्का, अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ, हटिया जनप्रिय
बहुमुखी क्याम्पसका प्रमुख डा विजय नेपाल, विव्यस शिक्षक प्रतिनिधी विष्णुहरि गौतम, साहित्य तथा
बौद्धिक विभाग संयोजक संप्रस पौडेल, मिडिया संयोजक सुनिल गौतम, शिक्षकहरु कृष्ण
प्रसाद अधिकारी र रुपा चौलागाई लगायतको उपस्थिति रहेको थियो ।
