हरिनारायण मन्दीरको वार्षिक साधारण सभा सम्पन्न

 

हेटौडा ५ सानो पोखरा स्थित हरिनारायण मन्दीरको वार्षिक साधारण सभा तथा चौथो अधिवेसन आज सम्पन्न भएकोो छ । हेटौडा उपमहानगरपालिकाका उप प्रमूख राजेश वानियाको प्रमूख आतिथ्यता तथा वडा अध्यक्ष सुशिल घिमिरेको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमलाई मन्दीर समितिका अध्क्षय सरस्वती दहालले अध्यक्षता गर्नुभएको थियो

कार्यक्रममा संस्थाका कोषाध्यक्ष एकप्रसाद चौंलागइले आर्थिक प्रतिवेदन र सचिव महत न्यौपानेवाट आगामी कार्य योजना एवम् अध्यक्षवाट प्रगति विवरण प्रस्तुत गरिएको थियो ।कार्यक्रममा वडा सदस्य रञ्जीता सिलवाल, टोलविकास समितिका अध्यक्ष शालिकराम चौलागाइ, अभिमन्यु गौतम, ध्रुर्वराज फुयाँलले शुभकामना मनतव्य राख्नु भएको थियो ।अधिवेशनले सरस्वती दाहालको संयोजकतामा ११ सदस्यीय मन्दीर व्यवस्थापन समिति र्निविरोध चयन समेत गरेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.