शिक्षक संगठन मकवानपुरको जिल्ला परिषद सम्पन्न

 

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको १७ औं  जिल्ला परिषद आज हेटौंडामा सम्पन्न भएको छ । संगठन राष्ट्रिय समिति अध्यक्ष विष्णुप्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा सदस्य लक्ष्मी गजुरेलको विशेष आतिथ्यता रहेको कार्यक्रमलाई जिल्ला अध्यक्ष श्रीराम दाहालले अध्यक्षता गर्नुभएको हो ।


 परिषद्कै अवसर पारेर सेवा निवृत्त शिक्षक तथा नवप्रवेशी शिक्षकहरु सम्मानित भएका छन्। वर्ष २०७९ मा संगठनको उत्कृष्ठ गतिविधि गर्ने संगठन भिमफेदी पालिकालाई नगद ५ हजार राशी सहित सम्मान गरिएको छ । कार्यक्रम सञ्चालक समेत रहेका जिल्ला सचिव मुकुन्द न्यौपानेले संगठनको वार्षिक सांगठनिक प्रतिवेदन र नवनियुक्त कोषाध्यक्ष भावना सापकोटाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । 


कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि भण्डारीले शिक्षकको पेशागत सवालमा उठेका समसामयिक मुद्दामाथि सरकारसंग भईरहेका छलफलहरु र संघीय शिक्षा ऐनबारे प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा वहाले सहभागीबाट उठेका जिज्ञासाका बारेमा पनि प्रष्ट्याउनुभएको थियो । यता विशेष अतिथि गजुरेलले मकवानपुर संगठनको जननी जिल्ला समेत भएका हुनाले यो जिल्लाले त्यसको गरिमा थप प्रकाश पार्न कतैपनि चुक्न नहुने धारणा व्यक्त गर्नुभयो 



ककार्यक्रममा पूर्व केन्द्रीय सदस्य पद्मा पौडेल, निवृत्त शिक्षक समाज केन्द्रीय सचिव अभिमन्यू गौतम, संगठन वागमति प्रदेश सचिवालय सदस्य पूर्ण पूरी, सदस्य सुनिल गौतम,शिक्षक महासंघ मकवानपुरअध्यक्ष जीधराज ढकाल, सहसचिव सागर खतिवडा,  संगठन आवद्द देवकृष्ण पण्डित, खड्ग पुलामी, अर्जुन पोखरेल लगायतको आतिथ्यता रहेको थियो । त्यस्तै जिल्ला उपाध्यक्ष द्वय प्रतिमा गौतम एवम् कृष्णप्राद पौडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, संगठन जिल्ला सहसचिव चन्द्रादेवी लामा बल, सहकोषाध्यक्ष सविता लामिछाने हेटौंडा नगर अध्यक्ष गोपिरमण प्याकुरेल लगायतको उपस्थिति रहेको थियो

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.