प्रज्वला गजुरेल सहित नेपालका तर्फबाट युनेस्कोमा सहभागी


युनेस्को मोडेल विश्व सम्पदा कार्यक्रममा नेपालका तर्फबाट दुई प्रतिनिधि र दुई पर्यवेक्षकहरुले भाग लिएका छन् । प्रतिनिधिहरुमा आश्रिया बानिया र आयुषलाल श्रेष्ठ रहेका थिए भने पर्यवेक्षकमा प्रज्वोला गजुरेल र पीयूषलाल श्रेष्ठले भाग लिएका हुन् । २०२३ को जुलाई २२-२३  सम्म कजाकिस्तानको अल्माटीमा दोस्रो अन्तर्राष्ट्रिय युनेस्को मोडेल विश्व सम्पदा कार्यक्रममा उनिहरुले नेपालका तर्फबाट सफलतापूर्वक भाग लिएका हुन्। 



कार्यक्रममा सहभागीहरुलाई युनेस्कोको अन्तर्राष्ट्रिय मामिला र विश्वव्यापी राजनीतिको कार्यमा परिचित गर्दै यसका कार्य र उद्देश्यहरूसँग परिचित गराइएको थियो। कार्यक्रममा बैठक अन्तर्किया तथा छलफलको माध्यमबाट विश्वव्यापी चुनौतीहरूको दिगो समाधान खोजिएको थियो । जसमा मानव अधिकार, आर्थिक विकास, वातावरण संरक्षण, निशस्त्रीकरण, युद्ध र शान्ति जस्ता महत्वपूर्ण विषयहरू समावेश गरिएका थिए ।

सिमुलेशनमा सक्रिय रूपमा भाग लिएर फर्किएकी प्रज्वला गजुरेलले यसबाट विद्यार्थीहरूले विश्वव्यापी समस्याहरू र अन्तर्राष्ट्रिय सहयोगको महत्त्वलाई सम्बोधन गर्ने जटिलताहरूको गहिरो बुझाइ विकास भएको प्रतिक्रिया ब्यक्त गरेकी थिईन ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.