जनप्रिय माविमा विद्यार्थीको चाप केहीवर्ष यता उच्च हुँदै


मकवानपुरको हटिया चिसापानीमा रहेको जनप्रिय माविमा केहीवर्ष यता लगातार विद्यार्थीको चाप उच्च हुँदै गएको तथ्याङ्कले देखाउँछ । देशका करिव ४३ जिल्लाका विद्यार्थीको शैक्षिक रोजाईमा पर्न सफल जनप्रिय माविमा किन यसरी विद्यार्थीको चाप छ त भन्ने प्रश्नमा प्रधानाध्यापक भुपेन्द्र चौलागाई भन्नुहुन्छ - यस विद्यालयले सञ्चालन गरेको प्राविधिक शिक्षा हासिल गरेका एकजनापनि विद्यार्थी हालसम्म बेरोजगार बस्नु नपरेको तथ्य नै यसको आकर्षणको केन्द्र हो । 

त्यसो त वि सं २०६१ सालमा सिटिभिटिबाट सम्वन्धन पाई २०६२ सालबाट  प्राविधिक धारको सीपमूलक शिक्षा दिन शुरुगरेको जनप्रिय माविले गर्दा नै आज म यो स्थानमा आईपुग्न सफल भएको हुँ भन्नुहुन्छ अमेरिकामा अध्ययन गर्दै गरेका प्रसिद्ध मैनाली र आर पी खतिवडा । जनप्रिय माविमा गुणस्तरिय शिक्षा थिएन भने आज अमेरिका पढ्नको लागि हामीले नाम निकाल्न सक्ने थिएनौ । उनिहरु जनप्रिय माविको अध्ययन पछि थप अध्ययनका लागि अमेरिका गएका केही प्रतिनिधि पात्र मात्रै हुन । 

त्यसो त नेपाल सरकारको सरकारी सेवामा नाम निकाल्नेको संख्या पनि उत्तिकै छ । पढेर तत्कालै फाईदा लिन नसक्ने शिक्षा लिएर नै अहिले विदेशिनेहरुको भीड लाग्नेगरेको छ भन्दै आफ्नो अनुभव बताउनुहुन्छ मनोज कार्की । आफूले समयमानै जनप्रिय माविमा प्राविधिक शिक्षा नलिएको भए आज आफूपनि नेपाल सरकारको पाँचौं तहमा जागिरे हुन सक्ने् थिईन होला र विदेसिनेको भीडमा कतै हराउँथें होला भन्नुहुन्छ मनोज कार्की । त्यसो त रुपनारायण श्रेष्ठ पनि जनप्रियको प्राविधिक शिक्षामा आफू र शिक्षकहरुको मेहनतले नै आज सरकारी सेवामा रहेको बताउनुहुन्छ । 

जागिरे मात्र होईन हेटौंडाको पदमपोखरीमा फेन्चु लामाको ड्र्यागन फ्रुट फार्म तथा बाख्रा फार्म र आफ्नै एग्रो भेट पनि सञ्चालनमा छ । जनप्रिय माविको अध्ययनले आफूलाई प्राविधिक सीप दिएकै कारण आज आफ्नै करोडौंको ब्यवसाय भएकोमा उनि दङ्ग छन् । जनप्रिय माविका उत्पादनहरु कोहीपनि बेरोजगार बस्नु नपर्ने फेन्चुको मात्र होईन त्यहाँ अध्ययन गरेका सबैको एकमत रहेको शिक्षक भीमप्रसाद दाहालको तर्क  छ ।  

कसरी यो सफलता हात लाग्यो त ? प्राविधिक धारका संयोजक मोतिउर रहमान भन्नुहुन्छ हामीले अहिलेको आवश्यकता के हो त्यो बुझेर शैक्षिक कार्यक्रमहरु ल्याएका छौं  । यसर्थ हाम्रो सफलतालाई कसैले रोक्न सक्दैन । अहिले जनप्रिय माविमा डिप्लोमा तहमा ईलेक्ट्रिकल ईन्जिनियरिङ्ग, प्लान्ट साईन्स, एनिमल साईन्स तथा प्रि डिप्लोमा तहमा पनि  प्लान्ट साईन्स र एनिमल साईन्सका कोर्षहरु पठनपाठन भईरहेको रहमानको भनाइ छ । यता साधारण धारतर्फका कक्षाहरुमा भने व्यवस्थापन संकायमा नेपाली तथा अंग्रेजी दुवै माध्यममा यसैवर्ष देखि कक्षा सञ्चालन गरिने प्रधानाध्यापक भुपेन्द्र चौलागाईले बताउनुभयो । व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र संकायका नेपाली माध्यमका कक्षाहरु पनि जनप्रियमा नै रहेकोले यो स्थानीय देखि देशभरकै उत्कृष्ठ शैक्षिक गन्तब्य बन्न सकेको चौलागाईको धारणा रहेको छ । 



। 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.