जिल्लामा रगतको अभाव भएसँगै हेटौंडा १६ मा
अवस्थित जनप्रिय मावि युवा रेडक्रसको आयोजनामा वृहत रक्तदान कार्यक्रम गरिएको छ ।
६३ जना रक्तदाताहरुबाट उत्साहपूर्ण रक्त संकलन
भएको र केही दिनका लागि रगतको अभाव पूरा भएको ब्लड बैङ्क मकवानपुरका विष्णु
रिमालले बताउनु भयो । कार्यक्रममा जनप्रिय माविमा अध्यापनरत शिक्षक, अध्ययनरत विद्यार्थी, अभिभावक तथा
स्थानीयहरूले रक्तदान गरेका थिए ।केहिदिन यता मकवानपुरमा रगतको अभावले
बिरामीहरूलाई अन्यत्र रिफर गर्नुपर्ने वा रगत बाहिरबाट मगाउनुपर्ने अवस्था सिर्जना
भएको रिमालले बताउनु भयो ।
पछिल्लो समय मकवानपुरका स्वास्थ्य संस्थाहरूमा
दिइने स्वास्थ्य सेवामा सुधार आएपछि रगतको माग बढ्न थालेको हो । डायलासिस, सघन शल्यक्रिया
लगायतका अत्याधुनिक सुविधाहरू थपिएकोले बिरामीहरूलाई अन्यत्र रिफर गर्नु पर्ने
बाध्यता कम भएको छ । जनप्रिय माविको प्राङ्गणमा भएको वृहत रक्तदान
कार्यक्रम हेटौंडा १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता तथा युवा
रेडक्रस सर्कल जनप्रियका शिक्षक नायक ज्योति गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखा मकवानपुरका सदस्य कृष्णबहादुर
सापकोटाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले
जिल्लामा भएको रगतको अभावलाई पूरा गराउन जनप्रिय युवा रेडक्रस सर्कलले गरेको यो
कार्य अत्यन्त सराहनीय रहेको बताउनुभयो ।विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले
युवा रेडक्रसको यो वर्षको पहिलो कार्यक्रममा नै उत्साहपूर्ण रक्त संकलन भएकोले
कार्यक्रम पूर्णरुपमा सफल रहेको धारणा व्यक्त गर्नुभयो ।समाजसेवामा आफूलाई समर्पित गराउन युवाहरूको
भूमिका महत्वपूर्ण हुने भन्दै युवा रेडक्रस सर्कललाई अझै यस्ता कार्यमा लागि पर्न
प्रशिक्षक राजिव सापकोटाले अनुरोध समेत गर्नुभयो । कार्यक्रममा विशेष अतिथि
कृष्णबहादुर सापकोटाले विद्यालय परिसरमा रहेका हरियाली बिरुवाहरूलाई विगतमा
रेडक्रसकै नेतृत्वमा व्यवस्थापन गर्न सकिएको स्मरण गर्नुभयो ।
स्वास्थ्य प्राविधिकहरू विष्णु रिमालको
नेतृत्वमा मनिषा दाहाल, चक्र श्रेष्ठ, गृष्मा
पराजुलीलगायतले कार्यक्रममा प्राविधिक संयोजन गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद खतिवडाले रक्तदाता, सहयोगी सबैमा विद्यालयका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस हटिया उपशाखा सभापति राजकुमार बास्तोला, १६ नं. वडा सदस्य गुरुप्रसाद ढकाल, सहायक प्रधानाध्यापक रामआशिष मण्डल, नेरेसो हटिया उपशाखा सचिव मोहनचन्द्र चौलागाईँ, सहसचिव महेश बजगाईँ, विव्यस सदस्य कृष्णप्रसाद पनेरु, पिटिए सदस्य गोविन्दप्रसाद दुलाल, प्राविधिक संयोजक मोतिउर रहमान, हटिया जनप्रिय बहुमुखि क्याम्पस प्रमुख डा. विजय नेपाल, नेपाली माध्यम संयोजक नीरबहादुर खड्का, अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।रक्तदाताहरूलाई दूध, फलफूल तथा जुसको व्यवस्थापन चेतनशील दुग्ध सहकारी संस्था लिमिटेड, विव्यस सदस्य कृष्णप्रसाद
पनेरु र प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले गर्नुभएको थियो । जनप्रिय
माविद्वारा रक्तदाताहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको कार्यक्रम जनप्रिय मिडिया संयोजक
सुनिल गौतमले सञ्चालन गर्नु भएको हो ।x
पछिल्लो समय मकवानपुरका स्वास्थ्य संस्थाहरूमा
दिइने स्वास्थ्य सेवामा सुधार आएपछि रगतको माग बढ्न थालेको हो । डायलासिस, सघन शल्यक्रिया
लगायतका अत्याधुनिक सुविधाहरू थपिएकोले बिरामीहरूलाई अन्यत्र रिफर गर्नु पर्ने
बाध्यता कम भएको छ । जनप्रिय माविको प्राङ्गणमा भएको वृहत रक्तदान
कार्यक्रम हेटौंडा १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता तथा युवा
रेडक्रस सर्कल जनप्रियका शिक्षक नायक ज्योति गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखा मकवानपुरका सदस्य कृष्णबहादुर
सापकोटाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस हटिया उपशाखा सभापति राजकुमार बास्तोला, १६ नं. वडा सदस्य गुरुप्रसाद ढकाल, सहायक प्रधानाध्यापक रामआशिष मण्डल, नेरेसो हटिया उपशाखा सचिव मोहनचन्द्र चौलागाईँ, सहसचिव महेश बजगाईँ, विव्यस सदस्य कृष्णप्रसाद पनेरु, पिटिए सदस्य गोविन्दप्रसाद दुलाल, प्राविधिक संयोजक मोतिउर रहमान, हटिया जनप्रिय बहुमुखि क्याम्पस प्रमुख डा. विजय नेपाल, नेपाली माध्यम संयोजक नीरबहादुर खड्का, अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।
