शिक्षकहित बचत तथा ऋण सहकारी संस्थाको १४औँ स्थापना दिवस तथा सदस्य शिक्षा कार्यक्रम आज सम्पन्न भएको छ । प्रशिक्षक बद्री प्रसाद लम्सालको प्रमुख आतिथ्यता तथा शिक्षक संगठन मकवानपुर सल्लाहकार पद्मा पौडेलको विशेष आतिथ्यता र संस्थाका अध्यक्ष सीताराम दाहालको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
संस्थामा आवद्ध शेयर सदस्यहरुलाई सहकारीको महत्व आवश्यकता र यसका चुनौतीहरुको वारेमा प्रशिक्षण गरिएको थियो । राज्यको अर्थतन्त्रको तेस्रो खम्वाको रुपमा रहेको सहकारीलाई थुप्रै चुनौती रहेको प्रमुख अतिथी लम्सालले बताउनुभयो ।
संस्थाका उपाध्यक्ष शिवप्रसाद लामिछानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई संस्थाको सहसचिव कृष्णप्रसाद पोखरेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा श्रीराम दहाल, मोहनप्रसाद शर्मा, NNTA तथा अतिथीहरु जिल्ला समिति तथा पालिका समितिका पदाधिकारीहरू रहनुभएको थियो ।
