जनप्रियलाई पूर्व विद्यार्थीबाट खानेपानी फिल्टर हस्तान्तरण

 


जनप्रिय मावि पूर्व विद्यार्थीहरुको संयोजनमा विद्यालयलाई ६ वटा खानेपानी फिल्टर हस्तान्तरण गरिएको छ SLC ब्याच २०६८ को समूहले विद्यालयलाई फिल्टर हस्तान्तरण गरेको हो । विद्यार्थी समुहका संयोजक रुपक विकको सभाध्यक्षाता तथा हेटौंडा उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

आफू पढेको समयमा विद्यालयमा पानीको व्यवस्थापन हुन नसक्दा विद्यालय नै बन्द गर्नुपरेको ती विद्यार्थीहरुले स्मरण गरे । कम्तिमा आफ्नो कमाईबाट केही रकम छुट्याएर भएपनि शुद्ध पानी आपूर्तीका लागि त्यस्तो अभाव हुन नदिन पूर्व विद्यार्थीको यो समुहले फिल्टर हस्तान्तरण गरेको बताएको छ । प्रमुख अतिथी कोईरालाले पनि उनिहरुको यस्तो कार्य अत्यन्तै सकरात्मक रहेको धारणा ब्यक्त गर्नुभयो । सबैले आ आफ्नो क्षेत्रबाट सकेको कार्य गर्ने हो भने देश विकासको गतिमा अगाडि बढ्न कसैले नरोक्ने पनि बताउनुभयो ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितका अध्यक्ष रमेशप्रसाद खतिवडाको विशेष आतिथ्यता रहेको थियो । अतिथिहरु व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद पनेरु, विद्यालयका प्रअ भुपेन्द्र चौलागाई, जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख डा विजय नेपाल, लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । पूर्व विद्यार्थी सन्जुला ढकालले स्वागत गर्नुभएको कार्यक्रममा प्रधानाध्यापक चौलागाईले पूर्व विध्यार्थीहरु समग्र विद्यालयकै प्रतिविम्वन भएकोले उनिहरुको अभियानमा प्रतिवद्ता जनाउँदै आफ्नो तर्फबाट समेत १ थान फिल्टर थप गरिएको जानकारी दिनुभयो । क्याम्पस प्रमुख नेपालले समेत थप १ थान फिल्टर सहयोग गरी विद्यालयलाई  जम्मा ६ थान फिल्टर प्राप्त भएको हो । कार्यक्रममा विव्यस अध्यक्ष रमेशप्रसाद खतिवडाले आफ्ना सन्तान पनि यसै विद्यालयका पूर्व विद्यार्थी भएकाले १ थान फिल्टर आफ्नो तर्फबाट थप गर्ने घोषणा समेत गर्नुभयो ।करिव ५० जनाको उपस्थिति रहेको कार्यक्रमलाई पूर्व विद्यार्थी आशिष बास्तोलाले सहजीकरण गर्नुभएको हो ।  


 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.