जनप्रिय माध्यमिक विद्यालय हेटौंडा १६ मा आजबाट शिक्षक डायरी अनिवार्य रुपमा लागू हुनेगरी कार्यशाला सम्पन्न गरिएको छ । विद्यालयले शिक्षक डायरी सबै शिक्षकहरुलाई वितरण गर्दै कार्यशाला समेत सम्पन्न गरेको छ । जसमा शिक्षकको व्यक्तिगत विवरणदेखि कक्षागत विवरण, सिकाइ उपलव्धी, वर्ग शिक्षक डायरी, विद्यार्थी प्रगति विवरण, कार्य सुधार योजना, वार्षिक शैक्षणिक योजना, एकाइगत योजना, अभिभावक सम्पर्क लगायत विविध विषय समेटिएका छन् ।
शिक्षकका हात हातमा डायरी हुन्छन् भन्नेगरी सैद्दान्तिक रुपमा भन्ने गरिएतापनि व्यवहारिक रुपमा प्राय कुनै कुनै ठाउँमा मात्र लागू हुने भएतापनि नमुना मावि जनप्रियले भने यस शैक्षिक वर्ष देखि अनिवार्य रुपमा लागू गरेको हो । विद्यालयका सबै शिक्षकको उपस्थितीमा सम्पन्न कार्यशालाको सहजीकरण प्रशिक्षक राम अविकासले गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यशालामा सहायक प्रधानाध्यापक रामआशिष मण्डल, नेपाली माध्यम संयोजक नीरबहादुर खड्का, अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ, तालिम कार्यक्रम संयोजक संप्रस पौडेल, विव्यस शिक्षक प्रतिनिधी बिष्णुहरि गौतम, शिक्षक अभिभावक संघ प्रतिनिधी लक्ष्मी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
