नेपाल निवृत्त शिक्षक समाजको प्रथम वागमती प्रदेशअधिवेशन आज सम्पन्न भएको छ । समाजका केन्द्रीय अध्यक्ष ध्रुवराज शर्मा अर्यालको प्रमूख आतिथ्यतामा भएको अधिवेशनमा प्रदेश संयोजक एवम् केन्द्रीय उपाध्यक्ष चुडामणी देवकोटाको अध्यक्षता रहेको थियो । केन्द्रका वरिष्ठ उपाध्यक्ष तोयानाथ लामिछाने, महिला उपाध्यक्ष मीरा प्रधान, सल्लाहाकार एवम् शिक्षा तथा विज्ञ विभाग प्रमुख रमाकान्त सापकोटा, उपाध्यक्ष दुर्गाप्रसाद दाहाल, र गेहेन्द्रराज विष्ट कार्यक्रमको विशिष्ट आतिथ्यता रहेको थियो ।
अधिवेशनले चुडामणी देवकोटाको अध्यक्षतामा १० सदस्यीय प्रदेश समिति निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा एकराज पोखरेल, सचिव टंकराज अधिकारी, कोषाध्यक्षमा श्यामप्रसाद न्यौपाने, सहसचिवमा सीताराम दाहाल र सदस्यहरुमा शिवदयाल यादव,अर्जुनप्रसाद देवकोटा, प्रज्जवल सिन्धुलीय, राजविक्रम कार्की र अर्जुन सिलवाल चयन हुनुभएको छ ।
उद्घाटन सत्रमा प्रदेस संयोजक चुडामणी देवकोटाले सांगठनिक प्रतिवेदन र केन्द्रीय अध्यक्ष ध्रुवराज शर्माले केन्द्रका गतिविधी सहित प्रगती विवरण पेश गर्नुभएको थियो । कार्यक्रममा केन्द्रका वरिष्ठ उपाध्यक्ष तोयानाथ लामिछाने, सल्लाहाकार एवम् शिक्षा तथा विज्ञ विभाग प्रमुख रमाकान्त सापकोटा, उपाध्यक्ष गेहेन्द्रराज विष्ट, सचिव अभिमन्यू गौतम, सहकोषाध्यक्ष मनोहरी पौडेल, लक्ष्मीकान्त शर्मा पौडेल र सूर्यनाथ अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । मकवानपुर जिल्ला अध्यक्ष शिवदयाल यादवले स्वागत गर्नुभएको कार्यक्रमलाई सचिव ईन्द्रप्रसाद सञ्जेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा जिल्ला सल्लाहकार पद्मा पौडेल, बनमाली सुवेदी, देव श्रेष्ठ, अरुण खतिवडा, नेराशि मकवानपुर अध्यक्ष श्रीराम दाहाल, जिल्ला समन्वय समितिका सदस्य खड्क पुलामी लगायतको आतिथ्यता रहेको थियो ।
