जनप्रिय मावि हेटौंडा १६ मा शिक्षकको पेशागत विकासका लागि तेस्रो चरणको ICT तालिम सम्पन्न आज सम्पन्न भएको छ । विद्यालयका सहायक प्रधानाध्यापक रामआशिष मण्डलको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रमलाई प्रशिक्षक द्वय संप्रस पौडेल र अभिषेक वास्तोलाले सहजीकरण गर्नुभएको थियो ।
नेपाल
सरकारको नमूना विदयालय अनुदान मार्फत प्राप्त बजेटबाट शिक्षाको गुणस्तर अभिवृद्दी
गर्ने लक्ष सहित यस्तो तालिम सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले
बताउनुभयो । वहाँले विद्यालयले कार्यरत सबै शिक्षकलाई ल्यापटप वितरण गरिएको र
प्रशनपत्र बनाउँनेदेखि कक्षाकोठामा त्यसको प्रयोग समेतलाई लक्षित गरी यस्तो तालिम
सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा
बोल्दै सहायक प्रअ रामआशिष मण्डलले तालिमका निम्ति छुट्टै जनशक्ति बाहिरबाट
ल्याउनपर्छ भन्ने मान्यतालाई त्यागेर आफूसंग भएकै जनशक्तिको उपयोगद्वारा यसअघि पनि
जनप्रियले थुप्रै तालिम सञ्चालन गरिसकेको स्मरण गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक चौलागाईले अनुगमन गर्नुभएको तालिम कार्यक्रममा विव्यस शिक्षक प्रतिनिधि बिष्णुहरी गौतम लगायत करिव करिव ६० जना शिक्षकको सहभागिता रहेको थियो ।
