नेपाल सरकारको राष्ट्रिय पाठ्यक्रम प्रारुपले सामाजिक, शारीरिक सिर्जनात्मक कला तथा स्थानीय विषयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने परिकल्पना गरेपनि प्राविधिक ज्ञानसीपको अभावमा त्यस्ता पाठ्यक्रमहरु सिद्धान्तमा मात्र सीमित हुन पुगेका छन् । यही अभावलाई पूरा गराउन दक्ष प्राविधिक सहित अन्तरक्रिया शुरु गरिएको प्रमुख अतिथि कोईरालाले कार्यक्रममा बताउनुभयो । महाशाखाकी शिक्षा अधिकृत सुनिता महर्जन र प्रशिक्षक रामसागर गुरागाई गुरागाईले सहजीकरण गर्नुभएको कार्यक्रममा हेटौंडा वडा नम्बर ६,१६,१७,१८ मा रहेका विद्यालयका प्रधानाध्यापक ,शिक्षक प्रतिनिधी, जनप्रतिनिधि गुरु प्रसाद ढकाल एवम् स्थानीय सरोकारवाला हरुको उपस्थिति रहेको थियो । कार्यक्रमको प्राविधिक सहयोग भने शिक्षा महाशाखाकी प्रास उषा गौतमले गर्नुभएको जनप्रिय माविका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले बताउनुभयो ।
महाशाखाले बैशाख १९ गते तुलसीमेहर बोर्डिङ स्कुलमा हेटौंडा २,४,५,१० त्यसैगरी २० गते महेन्द्र मावि हेटौंडा १३ मा १२,१३,१४,१५ का विद्यालयका प्रअ प्रतिनिधिबीच अन्तरक्रिया सम्पन्न गरिसकेको छ । बैशाख २४ गते भने हेडौंडा ७,८,९ र ११ का सम्पूर्ण प्रअ प्रतिनिधिबीच अन्तरक्रिया हुने तालिका रहेको महाशाखाले जनाएको छ
