हेटौंडाको हटिया १६ मा रहेको जनप्रिय मावि हेटौंडामा महिला सशक्तिकरण समूह तथा गरिवी निवारण समूह नेपालले सूर्तीजन्य पदार्थ रहीत समाज आजको आवश्यकता विषयक वक्तृत्वकला कार्यक्रम आज सम्पन्न गरेको छ । हेटौंडा उप महानगरपालिका सामाजिक विकास संयोजक एवम् हेटौंडा १६ का अध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यतामा तथा विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई संस्थाकी ईन्दिरा न्यौपानेले अध्यक्षता गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमूख अतिथी कोईरालाले विद्यालय शान्तिक्षेत्र भएको र यसमा सबै वर्ग तथा तहबाट बिना पूर्वाग्रह ध्यान दिनुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । सुर्तीजन्य पदार्थको असरबारे एकैपटक सचेत गराउन विद्यालयको पाठ्यक्रम र यस्ताखाले कार्यक्रमले ठूलो महत्व राख्नेपनि वहाँले वताउनुभयो । यता विशेष अतिथि भूपेन्द्र चौलागाईले विद्यालयलाई लागूपदार्थ रहीत बनाउन त्यहाँको समुदाय नै लागूपदार्थ रहीत हुनुपर्ने भएकोले यस्ताखाले कार्यक्रमले खास अर्थ राख्ने बताउनुभयो ।
कार्यक्रममा जनप्रिय माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत १० जना विद्यार्थीले प्रतिस्पर्धामा भाग लिएका थिए । जसमा कक्षा ९ मा अध्ययनरत सुधा भट्टराई प्रथम, एरिना चाैलागाई, द्धितीय,आगमन अधिकारी तृतीय र स्वर्णिमा दुलालले सान्तवना स्थान हासिल गरेका थिए । विजेता तथा सहभागी सबै विद्यार्थी भाइबहिनीलाई प्रमूख अतिथी रामकृष्ण कोईरालाले पुरस्कार बितरण गर्नुभएको थियो । सहायक प्रधानाध्यापक रामआशिष मण्डलले टिका तथा खादा लगाएर विद्यार्थीलाई सम्मान गर्नुभएको थियो ।
विद्यालयका शिक्षकहरु अनिता तिमल्सिना, संप्रस पौडेल तथा सुनिल गौतमले निर्णायकको भूमिका निर्वाह गर्नुभएको कार्यक्रमलाई जनप्रिय अतिरिक्त क्रियाकलाप तथा सास्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्माले सञ्चालन गर्नुभएको थियो । कार्यक्रम ब्यवस्थापन तर्फ शिक्षकहरु नेपाली माध्यम संयोजक नीर बहादुर खड्का, अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ, भीमप्रसाद दाहाल, नम्रता शर्मा, आशिष लामा, र विजय थिङ्ग रहनुभएको थियो । कार्यक्रममा करिव १ सय ५० विद्यार्थीको उपस्थिती रहेको थियो ।
