हेटौंडाको हटिया १६ मा रहेको जनप्रिय मावि कक्षा ११ मा अध्ययनरत विद्यार्थीले कक्षा १२ लाई नयाँ भविष्यको कामना सहित आज विदाइ कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ मा अध्ययनरत छात्रा उषा गोलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईको प्रमूख आतिथ्यता रहको थियो ।
विगतका वर्षहरुमा कोरोना महामारीका कारण रोकिएको विदाइ कार्यक्रम यसपटकबाट पून: सञ्चालन गर्न सकिएकोमा प्रधानाध्यापवक चौलागाईले खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाधायापक नमराज अर्याल, रविन श्रेष्ठ, रणजित कुमार शाह, शरद कुमार श्रेष्ठ, विष्णुहरि गौतम अजन्ता पराजुली, बनिता शर्मा, प्रदिप दाहाल, देवराज गौतम, दिपेन्द्र पौडेल, सुनिल गौतम लगायतको उपस्थिति रहेको थियो ।
मनिषा तिमल्सेनाले सञ्चालन गरेको विदाइ कार्यक्रमलाई विद्यार्थी पूजा न्यौपानेले स्वागत गरेकी हुन् । कार्यक्रममा कक्षा ११ ले १२ का सबै विद्यार्थीलाई केक वितरण गर्दै खादा र मायाको चिनोद्वारा सम्मान व्यक्त गरेका थिए । कार्यक्रममा प्रधानाध्यापक भुपेन्द्र चौलागाई, पूर्व प्रधानाध्यापक नमराज अर्याल, शिक्षक शरद कुमार श्रेष्ठ ले आफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो ।
