स्थानीय निर्वाचनको झल्को दिने नमुना निर्वाचन जनप्रिय माविमा सम्पन्न

जनप्रिय माध्यमिक विद्यालय हेटौंडा १६ मा स्थानीय तथा प्रदेश निर्वाचनको झल्को दिनेगरी नमुना निर्वाचन २०८० सम्पन्न भएको छ । विद्यालयले विद्यालय कप्तान तथा उपकप्तान र हाउस कप्तान उपकप्तानका लागि शुक्रवार भब्य समारोह सहित निर्वाचन सम्पन्न गरेको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद पनेरुको प्रमुख आतिथ्यता तथा प्रधानाध्यापक भुपेन्द्र चौलागाईको अध्यक्षतामा औपचारिक कार्यक्रम सहित निर्वाचनको  शुरुवात गरिएको थियो ।


निर्वाचनमा पूरा गर्नुपर्ने सबै प्रक्रियाहरु पूरा गरेर विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानको अलावा व्यवहारिक ज्ञान प्रदान गर्न यस्तो निर्वाचन गरिएको  प्रधानाध्यापक भुपेन्द्र चौलागाईले जानकारी दिनुभयो । प्रमुख अतिथी पनेरुले विद्यालयले गरेको यस्तो नमूना निर्वाचनले भविष्यमा असल लोकतान्त्रिक अभ्यास सहितको दक्ष नेतृत्व तयार पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 


नमूना निर्वाचनका लागि विद्यालयले मनोनयन दर्ता, उमेदवारी फिर्ता लिने, प्रचारप्रसार र मौन अवधी एवम् मतदान लगायतका सम्पूर्ण प्रक्रिया पूरा गरेर तालिका सहित निर्वाचन सम्पन्न गरेको जनप्रिय मिडिया संयोजक सुनिल गौतमले जानकारी दिनुभयो । जसका लागि विद्यालयले  ७ सदस्यीय निर्वाचन कमिटी समेत गठन गरेको हो । प्रधानाध्यापक भुपेन्द्र चौलागाईको संरक्षकत्वमा नमराज अर्यालले नमूना निर्वाचनका लागि प्रमूख निर्वाचन आयुक्त, अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले प्रमुख निर्वाचन अधिकृत तथा संप्रस पौडेलले सदस्य सचिवको भूमिका निर्वाह गर्नुभएको थियो । सदस्यहरुमा नेपाली माध्यम संयोजक नीरबहादुर खड्का, विजय थिङ्ग, कल्याणकृष्ण प्याकुरेल, तुलषा रायमाझी र सुस्मिता वास्तोला रहनुभएको थियो । सल्लाहकार समितिमा सहायक प्रअ रामआशिष मण्डल, अतिरिक्त क्रियाकलाप विभाग संयोजक युक्तलाल विश्वकर्मा र मिडिया संयोजक एवम् कानुनी सल्लाहकारमा सुनिल गौतम रहनुभएको थियो । 


विद्यार्थीहरुबाट नै वुथ प्रतिनिधी समेत आमन्त्रण गरी गरिएको मतगणनाको परिणामबाट विद्यालय क्याप्टेनतर्फ बिहान सुवेदी निर्वाचित भएका हुन् भने उपकप्तानतर्फ वादल श्रेष्ठ निर्वाचित भएका हुन् । त्यसैगरी हाउसकप्तान र उपकप्तान तर्फ रेडहाउसमा क्रमश राज नेगी र राजन गोले त्यसैगरी ग्रीन हाउसतर्फ सुधा भट्टराई र करिस्ता दाहाल,  यल्लो हाउसतर्फ एरिना चौलागाई र रेजिना रसाईली र ब्लू हाउसतर्फ रोजिना धमला र हृदम प्रसाद वैदार निर्वाचित भएका हुन् ।


कार्यक्रममा हेटौडा १६ का जनप्रतिनिधि संगिता विक र कमला धिमाल त्यसैगरी शिक्षक अभिभावक संघका सदस्य द्वय बुद्धप्रसाद दाहाल, गोविन्द दुलाल,  अतिरिक्त संयोजक युक्तलाल विश्वकर्मा, शिक्षक प्रतिनिधि बिष्णुहरि गौतम, लक्ष्मी श्रेष्ठ, प्राविधिक संयोजक मोतिउर रहमान, समाजसेवी, सीता कटुवाल लगायत विभिन्न विभागीय प्रमुख तथा सम्पूर्ण शिक्षक  कर्मचारीको सक्रिय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सफल पार्न विद्यालयका सबै शिक्षक तथा कर्मचारीहरु र सम्वद्ध निकायले उल्लेख्य भूमिका निर्वाह गर्नुभएकोमा विद्यालय प्रशासनले धन्यवाद ब्यक्त गरेको छ । नमूना निर्वाचनलाई ब्यालेट वक्स, सील तथा बुथ सामग्री जिल्ला निर्वाचन कार्यालय मकवानपुरले सहयोग उपलव्ध गराएको हो । निर्वाचित विद्यार्थीलाई टिका खादा तथा क्याप्टेनको दर्जानी उपाधि प्रदान गर्दै आ आफ्नो भूमिका निर्वाह गर्न हौसला प्रदान गरिएको थियो । उनिहरुको सपथ भने आईतवार एक समारोहका बीच गरिने निर्वाचन समितिका सचिव संप्रस पौडेलले जानकारी दिनुभयो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.