जनप्रिय माध्यमिक विद्यालय हेटौंडा १६ मा दिव्य सेवा निकेतन हेटौडाले बालक्लव पूनर्गठन गरेको छ । दिव्य सेवा निकेतनका सचिव युक्तलाल विश्वकर्माको अध्यक्षता तथा जनप्रिय माविका प्रधानाध्यापक भुपेन्द्र चौलागाई प्रमूख आतिथ्यता र सहायक प्रधानाध्यापक रामआशिष मण्डलको विशेष आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
विद्यार्थीको भेलाले गोबिन्द पट्टेलको अध्यक्षतामा २३ सदस्सीय बालक्लव समेत पूनर्गठन गरेको छ । पूनर्गठीत समितिको उपाध्यक्षमा पवित्रा विक, सचिवमा पूजना न्यौपाने, कोषाध्यक्षमा जूना ढकाल तथा सदस्यमा सम्पदा तिमल्सेना सहित २३ सदस्सीय कमिटि गठन गरेको हो । दिव्य सेवा निकेतनले यसअघि जनप्रिय माविमा अध्ययनरत ८ जना विपन्न जेहनदार तथा सिमान्तकृत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दैं आईरहेको छ । यसवर्षबाट निकेतनका सचिव युक्तलाल विश्वकर्माले ६ जना विद्यार्थीलाई छात्रबृत्ति थप गरी १४ जना विद्यार्थीलाई प्रतिवर्ष छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिनुभयो ।
प्रमूख अतिथी एवम् विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले दिव्य सेवा निकेतन आफैमा हामी सबैको दायीत्व हुँदा हुँदै पनि जनप्रय माविलाई नै आफ्नो दायित्व बनाउनु एकअर्काप्रतिको सहकार्यका रुपमा आफूले लिएको बताउनुभयो । विशेष अतिथि एवम् सहायक प्र रामआशिष मण्डलले दिव्य सेवाप्रति हामी सबैको समान सहकार्य रहेकोले त्यसको उन्नयनमा हामी सबै लागिपर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा करिव १ सय जना विद्यार्थीको सहभागिता रहेको थियो ।
