भृकुटी माविको टोली आज जनप्रिय मावि हेटौंडामा


जनप्रिय मावि हेटौंडामा आज भृकुटी मावि हेटौंडा १४ शैक्षिक अवलोकन भ्रमणको लागि आईपुगेको छ । नयाँ र सकरात्मक अभ्यासको आदानप्रदानका लागि भृकुटीको टोली जनप्रिय मावि आईपुगेको हो । 

देशकै शैक्षिक गन्तव्यका रुपमा विकास हुँदै गरेको जनप्रिय मावि हेटौंडामा दैनिक शैक्षिक अवलोकन भ्रमणका लागि विभिन्न विद्यालय तथा शैक्षिक निकायबाट सरोकारवालाहरु आउने गरेको प्रधानाध्यापक भुपेन्द्र भौलागाईले जानकारी दिनुभयो । विशेषगरी गणित विषय प्रयोगशाला र सामुदायिक विद्यालयमा देशकै पहिलो मिडिया कक्ष तथा जनप्रियको सकरात्मक अभ्यासहरु अवलोकन भ्रमणको आकर्षण रहेको मिडिया विभाग प्रमूख सुनिल गौतमले जानकारी दिनुभयो । 


भ्रमण टोलीलाई  प्रधानाध्यपक  भुपेन्द्र चौलागाई, सहायक प्रधानाध्यापक रामआशिष मण्डल, शिक्षकहरु रविन श्रेष्ठ, अजन्ता पराजुली, संप्रस पौडेल लगायतकाले सहजीकरण गर्नुभएको थियो । भृकुटी मावि परिवारले अवलोकन भ्रमण सोचेभन्दा सकरात्मक र फलदायी भएको प्रतिकृया दिएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.