मकवानपुरमै पहिलो पटक इतिहास रचेको हटिया जनप्रिय बहुमुखी क्याम्पसका स्ववियु
पदाधिकारीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । हेटौंडा उपमहानगरपालिका वडा
नं १६ का अध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यता तथा क्याम्पस संञ्चालक
समितिका अध्यक्ष मदनकुमार दाहालको अध्यक्षतामा नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको
सपथ लिएका हुन् ।
त्रिवि विधान बमोजिम गत चैत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनमा अखिल
क्रान्तिकारी (विप्लव) नेतृत्वको प्यानलले नै विजय हासिल गरेको थियो । प्रत्यक्षतर्फ मकवानपुर
जिल्लाको इतिहासमा नै महिला नेतृत्वको प्यानल पहिलो पटक विजयी भएको हो । सपथग्रहण कार्यक्रममा
बोल्दै प्रमुख अतिथि वडा नं १६ का अध्यक्ष रामकृष्ण कोईरालाले विजयी उम्वेदवार
कुनै दल विशेषको नभई साझा उम्वेदवार हुने भएकोले सबैको हीतमा कार्य गर्न आग्रह
गर्नुभयो ।
मुना गोलेको नेतृत्वमा निर्वाचित ११ सदस्सीय स्ववियु पदाधिकारीहरुले सपथ ग्रहण
गर्दै क्याम्पसको सर्वङ्गिण विकासमा आफूहरुले मुख्य भुमिका निर्वाह गर्ने
प्रतिक्रिया दिएका थिए । समितिको सचिवमा पुष्पा वास्तोला, कोषाध्यक्ष नमुना पोखरेल, सदस्यहरुमा मेनुका दाहाल, पवित्रा अधिकारी, विनिता तिमल्सेना, सविता थिङ्ग, आईश्री भ्लोन, यमकुमारी श्रेष्ठ, सन्तोष रेग्मी, जीवन गुरुङ विजयी भएका
थिए ।
स्ववियु निर्वाचन
अधिकृत बिष्णुहरि गौतमले सपथ ग्रहण गराउनुभएको कार्यक्रममा हेटौंडा वडा नं १६
नेपाली कांग्रेस वडा सभापति सोमनाथ दङ्गाल, कयाम्पस सञ्चालक समिति
सदस्य गुञ्ज बहादुर न्यौपाने, राजु दर्लामी, जनप्रिय माविका सहायक
प्रधानाध्यापक रामआशिष मण्डल, अखिल क्रान्तिकारी (विप्लव) मकवानपुर सहसचिव सुवास
सि, अनेरास्ववियु हेटौंडा
नगर कोषाध्यक्ष सन्देश गौतम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम स्ववियु
निर्वाचन मतदान अधिकृत सुनिल गौतमले सञ्चालन गर्नुभएको क्याम्पस प्रमुख विजय
नेपालले जानकारी दिनुभयो ।