जनप्रिय
मावि हेटौंडा १६ मा शिक्षकको पेशागत विकासका लागि एकदिने कार्यमूलक अनुसन्धान
तालिम कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईको अध्यक्षतामा सम्पन्न तालिम
कार्यक्रमलाई प्रशिक्षक डा विजय नेपालले सहजीकरण गर्नुभएको थियो ।
नेपाल सरकारको नमूना विदयालय अनुदान मार्फत प्राप्त बजेटबाट शिक्षाको गुणस्तर अभिवृद्दी गर्ने लक्ष सहित तालिम सम्पन्न गरिएको प्रधानाध्यापक चौलागाईले बताउनुभयो । वहाँले विद्यालय भर्ना अभियानकै क्रममा रहेको बेला घरदैलो कार्यक्रम संग संगै यस्तो पेशागत तालिम सम्पन्न गर्दा शिक्षणमा नयाँपन भित्र्याउन सहज हुने धारणा ब्यक्त गर्नुभयो । कार्यथलोमा आईपरेका शैक्षिक समस्यालाई अनुसन्धानको माध्यमबाट समाधान गरी सिकाइमा लागू गर्न यस्तो तालिम उपयोगी हुने जनप्रिय तालिम विभाग संयोजक संप्रस पौडेलले बताउनुभयो । सोमबारबाट शुरु भएको पेशागत विकास तालिम मध्ये मंगलबारदेखि ३ दिन प्रविधिमैत्री तालिम हुने संयोजक पौडेलले जानकारी दिनुभयो ।
बैशाख १० बाट नियमित पठनपाठन शुरु हुने
जनप्रियले बैशाख ३ गतेबाट शुरु भएको शैक्षिक सत्रलाई प्रभावकारी उपयोगमा ल्याउन अभिभावक तथा विद्यार्थी भेटघाट कार्यक्रम शुरु गरेको छ । सीमित सिट संख्या भएपनि बैशाख ८ गते प्रवेश परीक्षा सहित नयाँ विद्यार्थीलाई विद्यालय प्रवेश गराईने र १० गतेबाट नियमित पठनपाठन सुचारु हुने समेत प्रधानाध्यापक चौलागाईले जानकानरी दिनुभयो ।
कार्यक्रममा नमराज अर्याल, निर
बहादुर खड्का, रणजीत कुमार शाह, अनिता तिमल्सेना, रविन
श्रेष्ठ लगायत करिव ६० जना शिक्षकको सहभागिता रहेको जनप्रिय मिडिया संयोजक सुनिल
गौतमले जानकारी दिनुभयो ।
