शैक्षिक पर्यटकीय गन्तब्य बन्दै हेटौंडाको जनप्रिय मावि

 


वागमति प्रदेशको राजधानी हेटौंडा १६ मा रहेको जनप्रिय माध्यमिक विद्यालय पछिल्लो समय शैक्षिक पर्यटकीय स्थल बन्दै गएको छ । शैक्षिक वर्ष २०७९ मा मात्रै यस विद्यालयमा देशभरबाट शिक्षक, विद्यार्थी शैक्षिक प्रशासक तथा सरोकारवाला गरी करिव २ हजार जनाको संख्याले विद्यालय भ्रमण गरेको छ ।

यसै हप्ताको मंगलबार मात्रै भरतपुर महानगरका माध्यमिक तह सञ्चालन भएका सबै विद्यालयका प्रधानाध्याक र गणित विषय शिक्षक र शिक्षासेवी सहित करिव १ सय ३० जनाको संख्याले विद्यालयको अवलोकन भ्रमण सम्पन्न गरेको प्रधानाध्यापक भुपेन्द्र चौलागाईले बताउनुभयो । जिल्लामै दोस्रो गणित विषयको विषयगत ल्याव, सामुदायिक विद्यालय मध्ये देशमै पहिलो सुविधा सम्पन्न स्टुडियो सहितको सञ्चार कक्ष लगायतका नवीनतम अभ्यासहरु शैक्षिक अवलोकनको केन्द्र रहनेगरेको प्रधानाध्यापक चौलागाईले बताउनुभयो । 


भरतपुर महानगरका शिक्षा प्रमुख महेन्द्र पौडेल सहितको टोलीले विद्यालयमा रहेका गणित विषयको विषयगत ल्याव, सञ्चार कक्ष, वागवानी स्थल, प्राविधिक धारका विभिन्न विधागत ल्यावहरु अवलोकन पछि संक्षिप्त प्रतिक्रिया दिँदै भ्रमण सार्थक र उपलब्धिमूलक रहेको प्रतिक्रिया दिनुभएको थियो । पौडेलले शैक्षिक अवलोकनका प्रमूख स्थलहरुमध्ये जनप्रिय माविको नविनतम अभ्यासहरु छुटेमा त्यो भ्रमण पूर्ण र सार्थक नहुने प्रतिक्रिया दिनुभएको हो । उहाले विद्यालयको प्रगतिको कामना सहित भ्रमणमा सहयोग पुर्याउने विद्यालय परिवारप्रति आभार समेत व्यक्त गर्नुभएको थियो । 


गणित जस्तो अमूर्त  धारणा हुने विषयलाई पनि मूर्त वस्तु र सामग्रीको प्रयोवाट सजिलै शिक्षण गर्न सकिने हुँदा यसको प्रयोगमा आफूहरु लागिपरेको प्रधानाध्यापक चौलागाईले बताउनुभयो । यता विद्यार्थीको रचनात्मक र मौलिक सीप एवम् आधुनिक सञ्चार सीपको विकासमा जनप्रिय सञ्चार कक्षको प्रयोग अत्यन्तै सकरात्मक रहेको सञ्चार कक्षका संप्रस पौडेलले जानकारी दिनुभयो । सञ्चार कक्षका संयोजक सुनिल गौतमले सञ्चार कक्षको प्रयोग र त्यसको उपलव्धीबारे आगन्तुकहरुलाई प्रष्ट पार्नुभएको थियो । 
भ्रमण टोलिलाई हेटौंडा उपमहानगरपालिका वडा नं १६ का वडाअध्यक्ष रामकृष्ण कोईराला र विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण प्रसाद पनेरु एवम् शिक्षक प्रतिनिधि बिष्णुहरि गौतम लगायतले स्वागत गर्दै भ्रमण सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । 


सहजीकरणमा विद्यालयका सहायक प्रधानाध्यापक रामआशिष मण्डल, अनुशासन विभागका संयोजक एवम् सञ्चार विभागका सदस्य रविन श्रेष्ठ, वागवानी संयोजक सुजन कँडेल,गणित विषय शिक्षकहरु अजन्ता पराजुली, शिक्षक अभिभावक संघ शिक्षक प्रतिनिधी लक्ष्मी श्रेष्ठ, साहित्य तथा वौद्धिक विभागका संयोजक संप्रस पौडेल  शुष्मा दंगाल, रामकृष्ण विश्वकर्मा लगायतले मूख्य भूमिका निर्वाह गर्नुभएको थियो । जनप्रयि माविले जनप्रिय अतिरिक्त क्रियाकलाप तथा सास्कृतिक विभाग अन्तरगत रहनेगरी  शिक्षक युक्तलाल विश्वकर्माको संयोजकत्वमा ११ वटा विभाग गठन गरेको छ । 





Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.