जनप्रिय माध्यमिक विद्यालय हेटौंडा १६ मा
सञ्चालित तालिमका क्रममा विद्यार्थीले मात्र होईन शिक्षकले त झनै सिक्न लाज मान्न
नहुने धारणा व्यक्त गरिएको हो । शिक्षकको पेशागत दक्षता अभिवृद्दी सम्वन्धी ३ दिने
तालिमको दोस्रो दिन तालिमको अध्यक्षता गर्दै प्रधानाध्यापक भुपेन्द्र चौलागाईले
यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
तालिमको दोस्रो दिन प्रशिक्षक सन्यासी
श्रेष्ठले बालबालिकालाई शुद्ध तथा सफा अक्षर कसरी लेख्न सिकाउने भन्ने तरिकाका
बारेमा जनप्रियका करिव ६० जना शिक्षकहरुलाई प्रशिक्षण दिनुभएको तालिम संयोजक
सम्प्रस पौडेलले जानकारी दिनुभयो । सिकाउँदै आएको तरिकामा नयाँपन दिन र परिवर्तित
स्वरुपसंगै बालबालिकालाई शिक्षण सिकाइ गर्न यस्तो तालिमले आफूहरुलाई फाईदा पुगेको
शिक्षिका तुलसा रायमाझीले बताउनुभयो । यता शिक्षक नीरबहादुर खड्काले भने सिक्नका
लागि उमेरको कुनै हद नहुने र नसिक्ने ब्यक्ति नै समयसंगै पछाडि पर्ने धारणा व्यक्त
गर्नुभयो ।
जनप्रियका शिक्षकहरु अभिभावकको घरदैलोमा
तालिम पछिको समयमा भने जनप्रियका शिक्षकहरु अभिभावक भेटघाटका लागि घरदैलोमै पुग्ने कार्यक्रम सञ्चालन गरिएको सहायक प्रअ रामआशिष मण्डलले बताउनुभयो । विद्यालयमा भर्ना अभियान चलिरहेकै बेला विद्यार्थी र अभिभावकका सुझावलाई समेत संकलन गर्न यस्तो अभियान चलाईएको मण्डलले बताउनुभएको हो । तालिमको तेस्रो दिन आईसिटीमा आधारित तालिम हुने बताईएको छ ।
बैशाख ८ गते नयाँ विद्यार्थीका लागि प्रवेश परीक्षा हुने र १०
गतेबाट शैक्षिक वर्ष २०८० का लागि विद्यालयको नियमित पठनपाठन शुरु हुने जनप्रिय
मिडिया संयोजक सुनिल गौतमले बताउनुभयो । तालिम कार्यक्रममा पूर्व प्रधानाध्यापक नमराज
अर्याल, शिक्षकहरु निर बहादुर खड्का, रणजीत कुमार शाह, अनिता तिमल्सेना, रविन श्रेष्ठ लक्ष्मी श्रेष्ठ, सीता गुरुङ्ग, उमा श्रेष्ठ, ज्योति गौतम, यशोदा भट्टराई, केपि अधिकारी, विजय थिङ लगायतका शिक्षकको
सहभागिता रहेको थियो ।
