वडाअध्यक्ष कोईरालाद्वारा जनप्रिय माविलाई ल्यापटप हस्तान्तरण

 


जनप्रिय मावि हेटौंडा १६ मा प्रदेस सरकार सामाजिक विकास मन्त्रालय नमूना विद्यालय वजेट अन्तर्गतको रकमबाट प्राप्त ७ थान ल्यापटप वडा नं १६ का वडाअध्यक्ष रामकृष्ण कोईरालाले हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा उहाले विद्यालयलाई प्रविधिमैत्री बनाउन र सिकाइको गुणस्तर बढाउन स्थानीय सरकार लागिपरेको बताउनुभयो । वडाअध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यता तथा दिव्य सेवा निकेतन का उपाध्यक्ष बोल बहादुर कार्कीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमकै अवशरमा दिव्य सेवा निकेतनले प्रत्येक वर्ष जनप्रिय मावि हेटौंडामा अध्ययनरत विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्ति समेत वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेनदार र गरिव ३० जना विद्यार्थीलाई यस्तो छात्रवृत्ति प्रदान गरिएको हो । यता जनप्रिय माविले नै स्थापना गरेको जनप्रिय मावि अक्षय कोषबाट ५ जना  विपन्न तथा जेहेनदार र गरिव विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गरिएको छ । 

कार्यक्रममा वडा सदस्य संगिता विश्वकर्मा, विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाई, सहायक प्रधानाध्यापक रामआशिष मण्डल, प्राविधक संयोजक मोतिउर रहमान तथा विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.