जनप्रिय मावि हेटौंडा १६ मा कक्षा १० लाई कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुले उज्जवल भविष्यको कामना सहित आज शुभकामना ब्यक्त गरेका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद पनेरुको प्रमूख आतिथ्यता मा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाई तथा सहायक प्रधानाध्यापक रामआशिष मण्डलको विशेष आतिथ्यता रहेको थियो ।
विविध सास्कृतिक कार्यक्रम सहित सम्पन्न कार्यक्रममा कक्षा ९ का विद्यार्थीले कक्षा १० लाई मायाँको चिनो वितरण गर्दै केक काटेर उज्जवल भविष्यको कामना गरेका थिए । मायाँ,सद्भाव र आत्मीयताको लागि परिवारबाट नै आत्मीयता सिक्न पर्छ भन्दै विद्यार्थीहरुले विद्यालय परिवारबाट यस्तो कार्यक्रम आयोजना गरेको बताएका हुन् । अंग्रेजी माध्यम एवम् नेपाली माध्यमका बीचमा रहेको सद्भाव झल्काउन र समग्र विद्यालयको उन्नयनका लागि आफूहरु एक रहेको कक्षा १० मा अध्ययनरत छात्र उज्ज्वल कोईरालाले बताए ।
उषा पाख्रिन र विनय खड्का ले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथी पनेरुले विद्यालयको विकासमा विद्यार्थीको पनि भूमिका यस्तै रहनुपर्नेमा जोड दिनुभएको थियो । उहाले आफ्नो कार्यकालमा विद्यार्थी र विद्यालयको कुनैपनि समस्यामा पछि नहट्ने र त्यसको समाधानमा लागिपर्ने बताउनुभयो । प्रधानाध्यापक एवम् विशेष अतिथी भुपेन्द्र चौलागाईले विद्यार्थीको यस्ताखाले रचनात्मक कार्यमा आफू ढुक्क रहेको र त्यस्लाई प्रोत्साहन गर्न कुनै कसुर बाँकी नराख्ने धारणा ब्यक्त गर्नुभयो । रविन श्रेष्ठले संयोजन गर्नुभएको कार्यक्रममा अतिरिक्त क्रियाकलाप विभाग संयोजक युक्तलाल विश्वकर्मा, शिक्षकहरु नीरबहादुर खड्का, रणजितकुमार शाह, अनिता तिमल्सिना, संप्रस पौडेल,मालती फूयाँल, नम्रता शर्मा,कृष्णप्रसाद अधिकारी, अजन्ता पराजुली, मानव घलान लगायतको उपस्थिती रहेको थियो ।
