मोवाइल आर्टस् फर पिस म्याप को सहकार्यमा कारखाना समुह ज्ञानेश्वर काठमाडौले हेटौंडा १६ को जनप्रिय माध्यमिक विद्यालयमा ३ दिवसीय कलामा आधारित सामुदायिक कार्यक्रमको समापन कार्यक्रम सम्पन्न गरेको छ । हेटौडा उपमहानगरपालिका १६ का वडा अध्यक्ष तथा उपमहानगरका सामाजिक विकास संयोजक रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोईरालाले शिक्षाका क्षेत्रमा आफू जुनसुकै मूल्य चुकाउन परेपनि लागिपर्ने बताउनुभयो ।
शिक्षण सिकाइ क्रियाकलापलाई कलाको माध्यमवाट योजनाबद्द रुपले संचालन गर्दा प्रभावकारी हुने निष्कर्ष कार्यक्रमको रहेको छ । वडा अध्यक्ष कोइरालाले विषयगत सामाग्रीलाई नाटक र अभिनय तथा सांकेतिक माध्यमवाट प्रस्तुत गरेमा शिक्षण अत्यन्तै रोचक हुने विद्यार्थीहरुले पनि रुची दिने र सिकाइ परिणाममुखी हुने विचार राख्नु भयो । कार्यक्रममा जनप्रिय माविका प्रधानाध्यापक भुपेन्द्र चौलागाई कारखाना समुहका संस्थापक साकार पुडासैनी त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक राजिव तिमल्सिना जनजागृति मावि रातोमाटेका सहायक प्रधानाध्यापक दिल कुमार लामा चुरियामाई माविका शिक्षक शर्मिला गुम्मी जनप्रियका म्याप फोकल शिक्षक कृष्ण प्रसाद अधिकारी लगायतकाले कार्यक्रमको उपादेयताको वारेमा आआफ्नो धारणा राख्नु भएको थियो ।
शिक्षक युक्तलाल विश्वकर्माले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रशिक्षकद्वय जुही अधिकारी र गुन्जन दिक्षितद्वारा तयार भएका सामाजिक विभेद, भ्रष्टाचार, चेलीवेटी वेचिवखन, वैदेशिक रोजगारलाई कलाका माध्यमवाट समस्या र समधानका पक्षहरुलाई प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका वाल क्लवका ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । जनप्रिय लगायत जिल्लाका बिभिन्न विद्यालयमा युक्तलाल विश्वकर्माद्वारा शैक्षिक एवम् सामाजिक क्षेत्रमा विभिन्न संस्थासंग आवद्ध भएर कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् ।
