जनप्रिय माविमा श्रृष्टि अधिकारीको अध्यक्षतामा बालक्लव गठन



 जनप्रिय मावि हेटौंडा १६ मा विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईको प्रमूख आतिथ्यता तथा युक्तलाल विश्वकर्माको विशेष संयोजनमा बालक्लव गठन भएको छ ।  हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाको निर्देशन बमोजिम बालक्लव गठन गरिएको हो । 

कक्षा ९ मा अध्ययनरत छात्रा श्रृष्टि अधिकारीको अध्यक्षतामा १५ सदस्सीय बालक्लव गठन गरिएको जनप्रिय मावि का मिडिया संयोजक सुनिल गौतमले जानकारी दिनुभयो । शिक्षा विकास माहाशाखा हेटौंडा उपमहानगरले बाल समूह सञ्जाल गठन तथा सहजीकरण निर्देशिका २०७६ बमोजिम गरेको निर्देशन अनुसार यस्तो बालक्लव गठन गरिएको प्रधानाध्यापक चौलागाईले बताउनुभयो । अध्ययनरत बालबालिका मध्ये २५ जना भन्दा बढी बालबालिका भेला गराई बालक्लव गठन गर्नुपर्नेमा निर्देशिका बमोजिम करिव ६० जना विद्यार्थीको उपस्थितीमा भेला सम्पन्न गरिएको हो । 

भेलाले  अधिकारीको अध्यक्षतामा प्रख्यातमान लो उपाध्यक्ष, युनिक आचार्य सचिव, सौगात देवकोटा कोषाध्यक्ष, फूलमायाँ भ्लोन सहसचिव र १० सदस्य सहितको बालक्लव गठन गरे्को हो । बालक्लवको फोकल पर्सनमा विद्यालयका शिक्षक कृष्णप्रसाद अधिकारी रहनुभएको छ । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रामआशिष मण्डल, शिक्षक अभिभावक संघ शिक्षक प्रतिनिधी लक्ष्मी श्रेष्ठ, शिक्षक तुलषा रायमाझी लगायतको उपस्थिती रहेको थियो । 



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.