गणित शिक्षा परिषद्को नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

 


गणित शिक्षा परिषद हेटौंडा नगर कार्यसमितिको आयोजना तथा शिक्षा विकास महाशाखा हेटौंडा उपमहानगरपालिकाको प्रायोजनमा आधारभूत तह स्तरीय गणित विषयको हाजिरीजवाफ प्रतियोगिता आज सम्पन्न भएको छ । जनप्रिय मावि हेटौंडा १६ मा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास संयोजक रामकृष्ण कोईरालाको प्रमूख आतिथ्यता तथा महाशाखा प्रमूख गंगाधर रिमालको विशिष्ठ आतिथ्यतामा रहेको थियो। गणित शिक्षा परिषदका नगर संयोजक भूपेन्द्र चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता संगै गणित विषय शैक्षिक सामग्री प्रदर्शनी समेत सम्पन्न भएको थियो ।

नगरभरिका तीस वटा सामुदायीक तथा संस्थागत विद्यालयको सहभागिता रहेको प्रतियोगितामा बालजागृति ईङ्लिस वोर्डिङ् स्कुल प्रथम, ज्योति मावि द्धितीय र बालज्योति मावि हेटौडा तृतीय हुन सफल भएका हुन् । बालजागृति ईङ्लिस वोर्डिङ् स्कुल हेटौडा २ बाट युनिक ढुङ्गेल र सेलिना लामा त्यसैगरी ज्योति मावि  हेटौंडा १८ बाट प्रशान्त गोले र प्रतिष्ठा श्रेष्ठ एवम् बालज्योति मावि हेटौडा ५ बाट पूर्णिमा घिमिरे र अस्मिता घिमिरे क्रमश: प्रथम, द्धितीय र तृतीय स्थान हात पार्न सफल भएका हुन् । यता शिक्षकहरु मानव घलान,रामकृष्ण विक र नवराज दुलालले सहजीकरण गर्नुभएको  गणित विषय शैक्षिक सामग्री प्रदर्शनीमा भने विद्यार्थीहरुले शैक्षिक सामग्री प्रदर्शन गरेका थिए । यही अवशरमा सहभागीहरुले जनप्रिय माविमा स्थापना भएको गणित विषय ल्याव समेत उत्साहपूर्ण तवरले अवलोकन गरेका थिए ।

गणित शिक्षा परिषद् वागमती प्रदेस सदस्य संगिता कुमारी पुडासैनीको विशेष आतिथ्यता रहेको कार्यक्रममा  जनप्रिय माविका सहायक प्रअ रामआशिष मण्डल,शिक्षकहरु विनोद सुवेदी, होमनाथ ढकाल, मुकुन्द न्योपाने, रमेश रिजाल, लगायतको उपस्थिती रहेको थियो । परिषद्की उपाध्यक्ष श्री कुमारी शक्ति सिंह ले स्वागत गर्नुभएको कार्यक्रमलाई सचिव सुदर्शन अधिकारीले सञ्चालन गर्नुभएको थियो । शिक्षकहरु लक्ष्मी कुमारी पुडासैनी, अजन्ता पराजुली र गंगा अर्याल ले ब्याच वितरण  गर्नुभएको कार्यक्रमलाई रविन श्रेष्ठ, संप्रस पौडेल र गोपी दुलालले प्राविधिक सहयोग गर्नुभएको थियो ।





Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.