जनप्रिय मावि हेटौंडा १६ मा शुक्रवारीय अतिरिक्त क्रियाकलापका विविध कार्यक्रमहरु आज सम्पन्न भएका छन् । विद्यालय व्यवस्थापन समिति सदस्य बाला चौलागाईको विशेष उपस्थिति तथा प्रधानाध्यापक भूपेन्द्र चौलागाईको अध्यक्षतामा नियमित शुक्रबारीय कार्यक्रमहरु सम्पन्न भएका हुन् ।
नियमित शुक्रबारीय कार्यक्रम अन्तर्गत माध्यमिक तह स्तरीय बक्तृत्वकला, आधारभुत तह (६-८) को एकल नृत्य प्रतियोगिता तथा आधारभुत तह १-५) को चित्रकला प्रतियोगिता सम्पन्न भएको हो । यता कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीहरुले भने शिक्षक रणजित शाहको नेतृत्वमा पेशा व्यवसाय विषयको प्रयोगात्मक कार्य पनि आजै सम्पन्न गरेका छन् ।
बालबालिकाको चौतर्फी विकासमा साहित्यतर्फ सक्षमता बृद्धि गराउन कक्षा ७ देखि ९ सम्मका बालबालिकालाई विद्यालयले नवोदय शिशु सदनले आयोजना गरेको कार्यक्रममा प्रशिक्षणात्मक सहभागिता समेत गराएको छ । विद्यालयको साहित्य तथा वौद्धिक विभाग संयोजक संप्रस पौडेल र मिडिया विभाग संयोजक सुनिल गौतमको सहजीकरणमा विद्यार्थीहरुलाई सहभागी गराईएको हो ।
यता विद्यालयको सास्कृतिक विविध तथा वौद्धिक तर्फको कार्यक्रममा नृत्यतर्फ शिक्षकहरु नम्रता शर्मा र शुष्मा दंगालले सहजीकरण गर्नुभएको थियो । अतिरिक्त कृयाकलाप तथा सास्कृतिक विभाग प्रमुख प्रमुख युक्तलाल बिश्वकर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षकहरु बिष्णुहरि गौतम, लक्ष्मी श्रेष्ठ, रविन श्रेष्ठ,बिदुर सापकोटा, तुलषा रायमाझी,अभिषेक वास्तोला, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सफल पार्न लागिपर्नुहुने सम्पुर्ण शिक्षक तथा कर्मचारी प्रति प्रधानाध्यापक चौलागाईले हार्दिक आभार समेत व्यक्त गर्नुभएको छ ।
