नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले देशको पूर्वी क्षेत्रमा अवस्थित विभिन्न धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको ३ दिवसीय अवलोकन भ्रमण सम्पन्न गरेको छ । समाजका केन्द्रीय सचिव अभिमन्यू गौतमको प्रमूख आतिथ्यता रहेको भ्रमणलाई जिल्ला समितिको तर्फबाट सचिव सिताराम दाहालले संयोजन गर्नुभएको थियो ।
कोषाध्यक्ष अर्जुन पोखरेल, सदस्यहरु विष्णु धिताल, शिवप्रसाद लामिछाने र सिताराम दाहाल रहनुभएको भ्रमण संयोजन समितिले २० सदस्यीय भ्रमण टोलीको यातायात, आवास तथा भोजन लगायतको संयोजन गर्नुभएको थियो । समाजका निवृत्त शिक्षकहरुले देशको पूर्वी क्षेत्रका सिन्धुली,उदयपुर, खोटाङ, भोजपुर, धनकुटा तथा सुनसरी जिल्लाका विभिन्न धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गरेका हुन ।
भ्रमणपछि टोलीका सदस्यहरु अरुण खतिवडा, कृष्ण पोखरेल, कृष्ण कुमार कार्की, आत्मराम कार्की, खुशीलाल मोक्तान, विक्रम थापा र शंकर रोक्का लगायतले भ्रमणको समीक्षा गर्दै भ्रमण सकरात्मक र उपलव्धीपूर्ण रहेको धारणा व्यक्त गरेका थिए । केन्द्रिय सचिव अभिमन्यू गौतमले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यमा लाग्न जिल्ला समितिलाई निर्देशन समेत दिनुभएको थियो ।
