जनप्रिय मावि हेटौंडा १६ ले विव्यस सदस्य कृष्ण प्रसाद पनेरुको प्रमुख आतिथ्यतामा आज पुरस्कार वितरण सम्पन्न गरेको छ । नर्सरी कक्षादेखि माध्यमिक तहसम्म भएका अतिरिक्त कृयाकलापका विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हो ।
प्रधानाध्यापक भुपेन्द्र चौलागाईको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा पिटिए अध्यक्ष गुणराज रानाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा चित्रकला, हस्तलेखन, वक्तृत्वकला, नृत्य लगायतका विभिन्न विधामा विद्यार्थीहरुले एकल तथा सामुहिक प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पनेरुले बालबालिकामा यस्ताखाले प्रतिपर्धाले स्वस्थ शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने र रचनात्मक क्षमता बढ्ने भएकोले अझै सक्रिय भएर लागिपर्न हौसला प्रदान गर्नुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रामआशिष मण्डल, अतिरिक्त क्रियाकलाप विभाग संयोजक युक्तलाल विश्वकर्मा, रविन श्रेष्ठ, विव्यस शिक्षक प्रतिनिधि बिष्णुहरि गौतम, पिटिए शिक्षक प्रतिनिधि लक्ष्मी श्रेष्ठ, साहित्य तथा बौद्धिक विभाग संयोजक संप्रस पौडेल, तुलषा रायमाझी, निरबहादुर खड्का, रणजित कुमारशाह, अनिता तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।
