दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रय स्थल रातोमाटे मकवानपुरले एक भव्य समारोहका बिच सरस्वती पूजा सम्पन्न गरेको छ। निकेतनको परिसरमा रहेको सरस्वतीको मन्दिरमा विद्यार्थी सहितको पूजा-पाठ भएको हो ।
निकेतनले अन्तर बिद्यालय स्तरीय बेलुन डान्स, ज्येष्ठ नागरिकको संरक्षण र हेरचाहमा राज्यको भुमिका स्तरीय बक्तृत्व कला र हाजिरी जवाफ प्रतियोगीता सम्पन्न गरेको थियो । हाजिरी जवाफ प्रतियोगितामा श्री दिपज्योती निमावि प्रथम श्री बंश गोपाल मावि द्वितीय र श्री लक्ष्मी निमावि तृतीय भएका छन ।
यसैगरी बक्तृत्व कला प्रतियोगितामा श्री बंशगोपाल माविकी छात्रा रोजी सुवेदी प्रथम, श्री जनप्रिय माविकि समिक्षा अर्याल द्वितीय र श्री जनजागृती माविकी रोजीना प्रजा तृतीय भएका छ्न । आश्रय स्थलमा आज विविध कार्यक्रमहरु सम्पन्न भएका थिए ।
निकेतनका केन्द्रीय अध्यक्ष टि आर निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख संरक्षिका सुनिता वाइजी, सामाजिक बिकास मन्त्रालय बागमती प्रदेशकी अधिकृत चन्द्रकुमारी ब्यन्जनकार लगायतकाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा हेटौंडा क्याम्पसका प्राध्यापक मनोज पोखरेल, गैरसरकारी संस्था बागमती प्रदेशका उपाध्यक्ष कमल कुमार बिश्वकर्मा र निकेतनका सल्लाहकार आनन्द सिंहले निर्णायक भूमिकामा सहजीकरण गर्नुभएको थियो । कार्यक्रम निकेतनका मकवानपुर शाखाका उपाध्यक्ष बोल बहादुर कार्की को अध्यक्षता र सचिव युक्तलाल बिश्वकर्माको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा जनप्रिय माविका शिक्षक नमराज अर्यालका साथ साथै शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाको सहभागिता रहेको सचिव युक्तलाल विश्वकर्माले जानकारी दिनुभयो ।
