हेटौडा, पौष ३०,
दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रय स्थल हेटौडा १५ रातोमाटे मकवानपुरको सातौँ साधारण सभा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथि शर्माले ज्येष्ठ नागरिकको संरक्षणमा दिव्य सेवा निकेतनले निर्वाह गरेको भूमिका अत्यन्तै अनुकरणीय रहेको बताउदै बृद्धबृद्धाको रेखदेख र संरक्षणमा राज्यले निर्वाह गर्नु पर्ने विषयमा बारेमा चर्चा गर्नु भएको थियो । सधारण सभामा दिव्य सेवा निकेतनका प्रमुख सल्लाहकार केदार न्यौपाने, प्रमुख संरक्षक सुनिता वाईजी, केन्द्रीय अध्यक्ष टिआर निरौला लगायतकाले मन्तव्य राख्नु भएको थियो ।
सचिव अर्जुन प्रसाद पोख्रेल र कोषाध्यक्ष रीता न्यौपानेले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन, अगामी कार्ययोजना र आर्थिक प्रतिवेदन सर्वसम्मत पारीत भएको थियो । सधारण सभाले यादव प्रसाद गजुरेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष वोल बहादुर कार्की र शुभ लक्ष्मी वाइवा, सचिव युक्तलाल विश्वकर्मा, सहसचिव लक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष शान्ति बज्यु चयन हुनुभएको छ भने सदस्यहरुमा राजु अधिकारी, विष्णु प्र .वाग्ले, रीता न्यौपाने , उत्तरा कुमारी रुपाखेती, सुवर्ण सिं वाइवा, विनिता वज्यु राजु श्रेष्ठ ,रघु आचार्य , हर्क रत्न लामा , गीता देवी क्षेत्री र डिल्लीराम सुवेदी चयन हुनुभएको छ ।
सधारण सभाले ११ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकार अर्जुन पोख्रेल, लाल बहादुर गोले , नविन सिग्देल, सुनिल मोक्तान , कुमारी श्रेष्ठ , इन्द्रमान स्याङ्तान, हरि मोक्तान, तेज प्रसाद रुपाखेती , अर्जुन प्र. वाग्ले , प्रेम बहादुर भोम्जन र केशव सन्जेल रहनुभएको छ ।
