राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा जनप्रिय मावि नगर प्रथम


 

नगर स्तरिय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा जनप्रीय माध्यमिक बिद्यालय हेटौंडा १६ ले १३ स्वर्ण, ५ रजत सहित हेटौडा उपमहानगरमा  नगर प्रथम हुन सफल भएको छ । मकवानपुर जिल्लामा करिव २१ सय विद्यार्थीको चाप रहेको यो विद्यालयले मकवानपुरको शैक्षिक क्षेत्रमा पछिल्लो समय उत्कृष्टता हासिल गर्दै आएको छ । सोमवार र मंगलवार भएको दुई दिनको खेलमा विद्यार्थीहरुले यो अपेक्षित जित हासिल गरेको प्रधानाध्यापक भुपेन्द्र चौलागाईले बताउनुभयो ।



 राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा  भएका विभिन्न खेलकुद तर्फ जनप्रियले यस्तो जित हासिल गरेको हो । १०० मि. र २०० मि. को दौडतर्फ छात्र जिकेश सापकोटा ले  प्रथम स्थान हासिल गरेका हुन् भने ज्याभलिंग थ्रो तर्फ सचिन बलामी, ८०० मि. रनिंग तर्फ सुजन तितुंग, छात्रा लंग जम्प तर्फ दिपिका बास्तोलाले प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । यसैगरी पहिलो दिन भएकै विभिन्न खेल मध्ये १५०० मि. रनिंग मा सुजन तितुंग, लंग जम्प तर्फ सचिना आचार्यले द्धितीय स्थान हासिल गरेका हुन् ।


मंगलवार भएको दोस्रो दिनको खेलमा पनि जनप्रिय माविले विभिन्न उपाधी हासिल गरेको छ । जसअन्तर्गत त्रिपल जम्प जिकेश सापकोटा र दीपिका वास्तोला प्रथम, तेक्वान्दोतर्फ कबिना राई र रुमिशा राई प्रथम त्यसैगरी १००*४  र ४००*४  मिटर रिले दौड तथा कबड्डी खेलमा जनप्रिय प्रथम हुन सफल भएको हो ।



त्यसैगरी दोस्रो दिन नै भएको खेलमा  त्रिपल जम्प तर्फ सुदिक्षा प्रजा र सुजन माझी, एवम् हाईजम्पतर्फ आकाश बर्तौलाले द्धितीय स्थान हासिल गरेको खेलकुद विभागका शिक्षक रविन श्रेष्ठले जानकारी दिनुभएको हो । 


 जनप्रिय माविले नगरस्तरीय छनौटमा अग्रता लिएसंगै प्रधानाध्यापक भुपेन्द्र चौलागाईले बिजयी सम्पूर्ण विद्यार्थी लगायत बिद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना  व्यक्त गर्नुभएको छ । यसले जनप्रियलाई थप हौसला प्रदान गरेको र विद्यालय देशकै शैक्षिक हव बन्दै गएको भन्दै वहाले नेतृत्व तथा सहजीकरण गर्ने सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई विशेष धन्यबाद समेत व्यक्त गर्नुभएको जनप्रिय मिडिया विभाग संयोजक सुनिल गौतमले जानकारी दिनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.