जनप्रिय माध्यमिक विद्यालय हेटौंडा १६ ले आज विभिन्न कार्यक्रमहरुमा अग्रता लिएको छ । विद्यालय स्तरिय जिल्ला भलिवल प्रतियोगिताको छनौट चरणका २ वटा खेलमा जनप्रिय मावि हेटौंडा १६ ले रिलायन्स ईङ्लिस वोर्डिङ् स्कुल हेटौंडा र बालबोध मावि हेटौंडालाई पराजित गर्दै अग्रता लिएको हो । हेटौंडा उपमहानगर पालिका वडा नं ४ को प्रयाोजनमा मदन भण्डारी स्पोर्टस् एकेडेमी हेटौंडाले सञ्चालन गरेको खेलमा जनप्रियले अग्रता लिएको हो ।
यता जनप्रिय माविले SEE BOOST UP कार्यक्रम अन्तर्गत कक्षा १० का विद्यार्थीहरुलाई १ दिने गणित विषय सम्वन्धी ताालिम प्रदान गरिएको तालिम संयोजक संप्रस पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा कक्षा १० मा अध्ययन गर्ने अंग्रेजी माध्यम, वाली विज्ञान तथा नेपाली माध्यमका विद्यार्थीहरु सहभागी थिए । प्रशिक्षक दयामान श्रेष्ठले तालिमको सहजीकरण गर्नुभएको थियो।
यसैबीच जनप्रिय मावि हेटौंडाले सञ्चालनमा ल्याएको सञ्चार विभागको अवलोकनका निम्ति काठमाण्डौ विश्वविद्यालयका सहप्रध्यापक इन्द्रमणी श्रेष्ठले जनप्रयिय माविले सञ्चालन गरेको सञ्चार कक्ष सामुदायीक विद्यालयमा देशभरमै पहिलो र उत्कृष्ठ भएको प्रतिक्रिया दिनुभएको छ । अव सूचना प्रविधीको युगमा सामुदायिक तथा सबैखाले शिक्षालयहरुले यो अभ्यास अनिवार्य गर्नैपर्ने र जनप्रिय पहिलो भएकोमा वधाइ समेत दिनुभयो ।
जननप्रिय मावि हेटौंडाले आज नै नियमित बैठक समेत सम्पन्न गरेको छ । विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईले विद्यालयका सबै गतिविधिमा अग्रता दिलाउन लागिपर्ने विद्यालय परिवारलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको हो । आगामी दिनमा समेत यस्ताखाले क्रियाकलापमा जनप्रिय मावि हेटौंडा देशकै नमूनालायक बनाउन सबै शिक्षक तथा विद्यालय परिवारको यस्तै भूमिका रहनेमा आफू निश्चिन्त रहेको समेत वहाले प्रतिक्रिया दिनुभयो ।
