जनप्रिय माध्यमिक विद्यालय हेटौंडा १६ ले राष्ट्रिय एकता दिवसको अवशर पारी आज एकतापूर्ण वनभोज कार्यक्रम वसामाडीको हात्तीगौंडामा सम्पन्न गरेको छ । विद्यालयमा नवप्रवेशी एवम् विभिन्न विधामा उत्कृष्टता हासिल गरेका शिक्षकहरुको संयोजन तथा जनप्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा वनभोज आयोजना गरिएको प्रधानाध्यापक भूपेन्द्र चौलागाईले बताउनुभयो ।
कार्यक्रममा वनभोज सहित मैत्रीपूर्ण एकता झल्किने किसिमका विभिन्न खेलकुदहरु समेत आयोजना गरिएको थियो । जसअन्तर्गत खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुमा घैटो फूटाइ, म्यूजिकल चेयर, तथा सामूहिक नाचगान सहितका कार्यक्रम समावेश गरिएको वनभोज संयोजन समितिका डा विजय नेपालले जानकारी दिनुभयो । घैटो फुटाइतर्फ विद्यालय परीक्षा शाखाका दिपेन्द्र पौडेल प्रथम विजेता भएका थिए भने म्यूजिकल चेयरमा महिला शिक्षकतर्फ उमा श्रेष्ठ प्रथम र गरिमा गौतम द्धितीय तथा पुरुष शिक्षकतर्फ सुनिल गौतम प्रथम विजेता भएका थिए। विजेताहरुलाई प्रधानाध्यापक भूपेन्द्र चौलागाईको प्रायोजनमा आकर्षक पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा सामूहिक नाचगान तथा मनोरञ्जनात्मक सांस्कृतिक विषयहरु समावेश गरिएका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष गुणराज रानाको प्रमूख आतिथ्यता तथा प्रधानाध्यापक भूपेन्द्र चौलागाईको अध्यक्षतामा सम्पन्न एकतापूर्ण वनभोजमा सहायक प्रधानाध्यापक रामआशिष मण्डल, विव्यस शिक्षक प्रतिनिधि बिष्णुहरि गौतम, अभिभावक संघ शिक्षक प्रतिनिधि लक्ष्मी श्रेष्ठ, पूर्व प्रधानाध्यापक नमराज अर्याल लगायत करिव ६० जना शिक्षकको सहभागिता रहेको वनभोज संयोजन समितिका रविन श्रेष्ठले बताउनुभयो । कार्यक्रमका तस्वीर तथा भिडियो व्यवस्थापनतर्फ जनप्रिय मिडिया विभागका शिक्षक सम्प्रस पौडेल, मानव घलान तथा अभिषेक वास्तोलाले मूख्य भूमिका निर्वाह गर्नुभएको थियो ।
हेर्नुहोस तस्वीरहरु :
