जनप्रिय माध्यमिक विद्यालय हेटौंडा १६ ले शिक्षकको क्षमता अभिवृद्धिका लागि २ दिने तहगत क्षमता अभिवृद्धि तालिम आज समापन गरेको छ । समापन कार्यक्रममा शिक्षा क्षेत्रका चितवन देखि हेटौंडा सम्मका शिक्षा प्रशासकहरुले तालिमको अवलोकन निरीक्षण गरेका थिए । गत शैक्षिक सत्रमा विद्यालयमा कार्यरत सबै शिक्षकलाई ल्यापटप सामग्री वितरण पछि त्यसको प्रयोगमा थप प्रभावकारिता ल्याउन तालिम आयोजना गरिएको प्रधानाधायापक भुपेन्द्र चौलागाईले बताउनुभयो । उद्घाटन सत्रको कार्यक्रममा बोल्दै सहायक प्रधानाध्यापक रामआशिष मण्डलले तालिम तालिमका लागि मात्रै नभएर व्यवहारिक रुपमा कक्षाकोठामा पुर्याउन समेत सबै शिक्षकहरुलाई आग्रह गर्नुभएको थियो ।
दुई दिवशीय तालिममा ICT लगायत पेशागत विकास र विषयगत तालिमसमेत सम्पन्न गरिएको तालिम संयोजक संप्रस पौडेलले जानकारी दिनुभयो । पहिलो दिनको तालिममा सहजकर्ताहरु सरोज लामिछाने, संप्रस पौडेल, अभिषेक वास्तोला र दिपेन्द्र पौडेलले सहजीकरण गरेका थिए भने दोस्रो दिनको तालिममा बद्रीबहादुर पाठक, अर्पण पराजुली, सन्यासी श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा प्रधानाध्यापक चौलागाईले विद्यालयको वर्तमान अवस्था, भावी कार्यदिशा र रणनीतिका बारेमा शिक्षकहरुसंग लिखित रुपमा नै सुझाव संकलन गर्नुभएको थियो भने बद्री बहादुर पाठकले शिक्षा क्षेत्रमा भएका नवीनतम अवधारणा र वर्तमान प्रचलनमा केन्द्रित विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।
प्रशिक्षक अर्पण पराजुलीले भने तालिम शब्दकै विषयलाई तालिम ब्यक्तिलाई हैन भन्दै शुरु गर्नुभएको प्रशिक्षणमा उत्पेरणा सम्वन्धी विषयलाई लिएर आफ्ना विषयवस्तु प्रस्तुत गर्नुभएको थियो भनेसन्यासी श्रेष्ठले आधारभूतदेखि माध्यमिक तहसम्मका शिक्षकहरुलाई अक्षर लेखन प्रशिक्षण सम्वन्धी अत्यावश्यक सीप प्रशिक्षण गर्नुभएको थियो ।
सिकाइ उपलब्धी अपेक्षाकृत बनाउन यस्तो तालिमले उल्लेख्य भूमिका निर्वाह गर्ने भन्दै प्रधानाध्यापक चौलागाईले सबै शिक्षकलाई तालिममा सक्रिय भएर सम्पनन्न गरेकोमा धन्यवाद समेत ब्यक्त गर्नुभयो । करिव ५५ जना शिक्षकको सहभागिता रहेको कार्यक्रमा चितनबाट शिक्षा प्रशासक महेन्द्र पौडेल र हेटौंडा उपमहानगर शिक्षा प्रमूख गंगाधर रिमाल सहितको टोली र हेटौंडा नगर शिक्षक महासंघ अध्यक्ष दीपक अधिकारी लगायतले अवलोकन गरेको जनप्रिय मिडिया विभाग प्रमूख सुनिल गौतमले जानकारी दिनुभयो । कार्यक्रममा सहायक प्रधानाध्यापक रामआशिष मण्डल, व्यवस्थापन समिति सदस्य विष्णुहरि गौतम, शिक्षक अभिभावक संघ शिक्षक शिक्षक प्रतिनिधी लक्ष्मी श्रेष्ठ लगायतको उपस्थिति थियो । शिक्षा प्रशासक सहितको टोलिले देशमै नमूना लायक जनप्रिय गणित विषय प्रयोगशाला र मिडिया कक्ष सहितको अवलोकन गरेका थिए ।





