जनप्रिय माध्यमिक विद्यालयले गर्यो बधाई तथा स्वागत कार्यक्रम

 

जनप्रिय माध्यमिक विद्यालय हेटौंडा १६ ले एक भब्य समारोहका बीच बधाई तथा स्वागत कार्यक्रम आज सम्पन्न गरेको छ । SEE २०७८ का विद्यार्थीहरुलाई जनप्रिययले बधाई तथा स्वागत गरेको हो । 

देशभरका करिव ४३ जिल्लाबाट जनप्रिय अध्ययन गर्न आउने विद्यार्थीका लागि यो देशकै उत्कृष्ठ शैक्षिक गन्तब्य बन्दै गरेको अवस्थामा घर छोडेर डेरामा बस्न नजान कार्यक्रममा अनुरोध समेत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमूख अतिथि विद्यालय व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद पनेरुले समय र श्रम खेर नफाल्नका लागि विद्यार्थीलाई सजग गराउँदै आफ्नो विद्यार्थी जीवनको समेत स्मरण गर्नुभएको थियो।  यता विशेष अतिथी शिक्षक अभिभावक संघ संयोजक गुणराज रानाले बाबलबालिकाले विशेषज्ञ परामर्श लिएर मात्र अध्ययन गर्नुपर्नेमा जोड दिनुभएको थियो । सभाध्यक्ष  प्रधानाध्यापकले बालबालिकाकाे सिकाइ प्रमूख कुरा भएकाेले विगत वर्तमान र भविष्य सबैलाई अात्मसात् गर्न अनुराेध गर्नुभएकाे थियाे ।
जनप्रिय माविका प्रधानाध्यापक नमराज अर्यालकाे सभाध्यक्षता तथा सुजन कँडेलकाे स्वागत कार्यक्रममा प्राविधिक विभाग संयोजक मोतिउर रमान,अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ, ९/१२ संयोजक सुजन कँडेल, ११/१२ संयोजक कल्याणकृष्ण प्याकुर्याल, लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो । गणित  विभाग संयोजक भूपेन्द्र चौलागाँईले स्वागत तथा मिडिया विभागका सुनिल  गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षकहरु विदूर सापकोटा, नम्रता शर्मा, मानव घलान, प्रवि संयोजक कृष्णप्रसाद अधिकारी, लेखा विभागका प्रदिप दाहाल, परीक्षा विभागका दिपेन्द्र पाैडेल लगायतको उपस्थथिति रहेको थियो । करिव १०० जना विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीका तर्फबाट सुरक्षा बञ्जाराले मन्तब्य व्यक्त गर्नुभएको हो । 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.