जनप्रियमा निशुल्क आयोग लाईसेन्स तयारी कक्षा सञ्चालन


 हटिया जनप्रिय बहुमुखी क्याम्पस हेटौंडा १६ ले शिक्षक सेवा आयोग निमावि तह शिक्षक अध्यापन अनुमतिपत्र तयारी गर्दै गरेका विद्यार्थीहरुलाई निशुल्क तालिम कक्षाको व्यवस्थापन गरेको छ । क्याम्पसमा अध्ययन गर्दै गरेका विएड प्रथम वर्ष देखि चतुर्थ वर्ष सम्मका विद्यार्थीको हीतलाई मध्यनजर गर्दै  यस्तो तालिम कक्षाको आयोजना गरेको हो । 


देशभर ख्यातिप्राप्त विज्ञ प्रशिक्षकबाट प्रदान गरिएको यस्तो तालिमले विद्यार्थीहरुमा उल्लेख्य सफलता आउने क्याम्पस प्रमूख डा विजय नेपालले बताउनुभयो । विद्यार्थीकै माग वमोजिम र क्याम्पसको परामर्शमा तालिम आयोजना भएको हो । तालिमले शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा आफ्नो समेत स्वतन्त्र लगानी भएको जनाएको छ । निशुल्क तालिमलाई विद्यार्थी र प्रशिक्षक तथा सरोकारवाला  समेतले उच्च प्रशंशा गरेका छन् । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.