जनप्रिय मावि हेटौंडा १६ ले आज एक समारोहका बीच २०९ औं भानु जयन्ती र गुरु पूर्णिमा भब्यताका साथ मनाएको छ । विद्यालय परिसरमा रहेको भानुको शालिकमा माल्यार्पण गर्दै भानुको योगदानको चर्चा सहित भानु जयन्ति मनाईएको हो ।
नेपाली भाषाका आदिकवि समेत भनेर चिनिने भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी जनजनमा नेपाली भाषाको विस्तार गरेकाले उनलाई यो दिन विशेष रुपले संझने गरिन्छ । विद्यालयका प्रधानाध्यापक नमराज अर्याल र सहायक प्रधानाध्यापक रामआशिष मण्डलले भानुभक्तको शालिकमा माल्यार्पण गरेपछि भानुको योगदानको चर्चा गरिएको थियो ।
यता गुरुपूर्णिमाको अवशरमा समेत जनप्रिय मावि हेटौंडामा भव्य कार्यक्रम आयोजना भएको अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले बताउनुभयो । विद्यालयमा सञ्चालित साधारण तथा प्रविधिक धारका विद्यार्थीले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी गुरुपुर्णिमा विशेष कार्यक्रमको आयोजना भएको हो । विहानी प्रार्थना समयमा नै विद्यालयमा अध्ययनरत म्याथ क्लवका विद्यार्थीहरुले सबै शिक्षकहरुलाई ढाका टोपि र खादा ओढाएर सम्मान कार्यक्रम आयोजना गरेको जनप्रिय मावि गणित विभागका शिक्षक भुपेन्द्र चौलागाईले बताउनुभयो । यता साधारण धारतर्फ अंग्रेजी माध्यमका विद्यार्थीहरुले पनि खादा र मायाँको चिनो सहित शिक्षकहरुलाई सम्मान गरेका थिए । साधारण धारकै नेपाली माध्यमतर्फ पनि कक्षागत रुपमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी शिक्षकहरुलाई सम्मान गरिएको नेपाली माध्यम संयोजक नीरबहादुर खड्काले जानकारी दिनुभयो । प्राविधिक धारतर्फ बालीविज्ञान अध्ययनरत विधार्थीहरुले भने शिक्षक सम्मान खादा र टिका समर्पण तथा मायाँको चिनो सहित गुरुपुर्णिमा मनाईएको संयोजक सुजन कँडेलले जानकारी दिनुभयो ।
यसैबीच प्राविधिक धारतर्फका विद्यार्थीको सकृयतामा प्रकाशन हुँदै आएको हरित भित्ते पत्रिकाको तेस्रो अंक पनि आज उद्घाटन भएको छ । प्रधानाध्यापक नमराज अर्यालले पत्रिकाको उद्घाटन गर्नुभएको हो ।
भानु जयन्ति तथा गुरुपुर्णिमा विशेष कार्यक्रममा विद्यालयका सबै शिक्षक तथा विद्यार्थी र शिक्षक अभिभावक संघका सदस्य गोविन्द दुलालको उपस्थिती रहेको थियो । कार्यक्रम अंग्रेजी माध्यमका शुशिल भट्टराई, सलिना गुर्मछान, प्राविधिक धारतर्फ कृतिका बराल,अस्मिता भोलोन प्रश्ना बलामी लगायतका विद्यार्थीहरुले सञ्चालन गरेका थिए । कार्यक्रममा अंग्रेजी माध्यमका अश्वी गौतम, धावा लामा, रोसिका खतिवडा सन्चि ता लुईटेल लगायतका विद्यार्थी नृत्य प्रस्तुत गरेका थिए भने दिपिसा न्यौपाने र खुशी तामाङ्गले गुरु पुर्णिमा विशेष कविता वाचन गरेका थिए ।
