नेपाल निवृत्त समाज जिल्ला समितिको आयोजनामा दोश्रो जिल्ला परिषद वाग्मती प्रदेश निवर्तमान मूख्यमन्त्री माननीय डोरमणि पौडेल ज्यूको प्रमूख आतिथ्यता एवम् जिल्ला अध्यक्ष शिवदयाल यादवको सभाध्यक्षता तथा समाजका राष्ट्रिय सचिव अभिमन्यु गौतम एवम् हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देलको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
हेटौडा क्याम्पसमा सम्पन्न उक्त कार्यक्रममा गुरुपूर्णमा अर्था गुरु दिवसको अवसर पारेर समाजमा आवद्ध आजीवन सदस्य निवृत्त जेष्ठ शिक्षक ज्ञान प्रसाद चौंलागाँइ रामचन्द्र फुर्सदी तुल्षी थापा सुरेन्द्र शाहा सम्मानित हुनु भएको छ ।
यसैगरी गएको वैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा समाजका आजीवन सदस्य श्री देवकृष्ण पूडाशैनी इन्द्र ससरोवर गा पा को प्रमूखमा र थाहानगरको ४ नं वडा सदस्यको पदमा कृष्णकुमार कार्की जिल्ला समन्वय समिति मकवानपुरको सदस्यमा खड्ग पुलामी निर्वाचित हुनु भएको मा संस्थागत सम्मान गरिएको छ ।
यसैगरी थाहानगर जनकल्याण मा वि वाट सेवा निवृत्त नेपाली भाषा शिक्षक आजीवन सदस्य रामचन्द्र फुर्सदी सम्मानित हुनु भएको छ ।
चलिरहेकै परिषद विच भानु जयन्तीको अवसरमा कवि जनादर्न खनाल र ज्ञान प्रसाद चौलागाँइले कविताहरु वाचन गरी कार्य्रमलाइ रोचक पार्नु भएको थियो ।यसै गरि संस्थाका उपाध्यक्ष इन्द्र प्रसाद सञ्जेलले संट्ठथाको आ व २०७८ । ०७९ को वार्षिक प्रगती विवरण र आगामी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष अर्जुन पोखरेलले आ व २०७८। ०७९ को रु १४५००० । को प्रगती विवरण पेस गर्नु भएको हो ।
सम्पन्न दोश्रो जिल्ला परिषदले वाग्मती प्रदेसको मूख्य मन्त्रालयमा पुस्तकालय माग गर्ने निर्णय साथै यस वर्ष नमूनाका लागी इन्द्र सरोवर गा पा मकवानपुर गढी गा पा र वाग्मती गा पा मा शैक्षिक कार्यक्रम शैक्षिक गुणस्तर अभिवृद्धी गर्ने कार्ययोजना पारित भएको छ । समाजका सचिव सिताराम दहालले सञ्चान गर्नु भएको कार्यक्रममा जिल्ला समन्व समितिका सदस्य खडक पुलामी इन्द्रसरोवर पालिका प्रमूख देवकृष्ण पुडासैनी सल्लाहाकार पदमा पौडेल अरुण खतिवडा नगर संयोजक शिव प्रसाद लामीछाने लेखा संयोजक परशुराम गौतम ,धुर्व भुजेल लगायतले मनतव्य दिनु भएको हो ।
