मकवनपुर हेटौंडा ५ स्थित श्री प्रगतीशिल वालक्लवले आयोजना गरेको टोल स्तरीय सरसफाइ कार्यक्रम आज सम्पन्न गरेको छ ।
उक्त क्लवका २२ जना वालवालिकाहरुले अव्वलडाँडा शान्तिपथ टोलविकास कार्यक्षेत्र कान्तीराजपथ देखि जी एस मार्ग सम्म र्याली सहित जनचेतनामूलक सन्देशहरु आआफ्नो घरआगन चोक सफाराखौं सफा र स्वच्छ वातावरणको र्निमाण गरौ भन्दै क्लवका भाइवहिनीहरुले हातहातमा झाडु र सरसफाइका सामाग्रीहरु लिएर सर-सफाइ गरेका हुन ।
सरसफाइ कार्यक्रम क्लव अध्यक्ष प्रसिद्ध गौतमको संयोजनमा क्लवपरिवारका २१ जना पदाधिकारीले आफैले सरसफाइ गरेर उद्धारणीय कार्य टोलवासीहरुलाइ देखाएका हुन । उक्त क्लवले आयोजना गरेको कार्यक्रममा हेटौंडा उपमहानगर ५ नं वडा सदस्य रञ्जीता सिलवाल टोल विकास संस्थाका अध्यक्ष अभिमन्यु गौतम, पूर्व वडा सदस्य सरस्वती दहाल, सदस्य विमला वोगटी , क्लव सल्लाहाकार गौरी केसी देवकुमार तिमल्सिना शिक्षक गुरु ओझा लगायतले सहजीकरण र सहयोग गर्नु भएको हो ।
