जिल्लाकै पहिलो नमूना विद्यालय जनप्रिय मावि हेटौंडा १६ मा हेटौंडा उपमहानगरपालिका स्तरिय पूर्वी क्षेत्रका विद्यायहरुको हाजिरीजवाफ प्रतियोगिता आज सम्पन्न भएको छ ।
शिक्षा विकास महाशाखा हेटौंडाका शिक्षा अधिकृत रामचन्द्र खड्काको प्रमूख आतिथ्यता तथा जनप्रिय माविका प्रधानाध्यापक नमराज अर्यालको सभाध्यक्षताममा कार्यक्रम सम्पन्न भएको हो ।
उपमहानगरपालिकाभर ५ वटा विद्यालयहरुमा केन्द्र निर्धारण गरी एकैदिन सम्पन्न भएको कार्यक्रममा जनप्रिय माध्यमिक विद्यालयका तर्फबाट शिक्षक रविन श्रेष्ठले संयोजकत्व गर्नुभएको थियो ।
जनप्रिय मावि केन्द्र रही पूर्वी क्षेत्रबाट सहभागी भएका १४ वटा विद्यालयमध्ये प्रथम र द्वितीय स्थान हासिल गर्न सफल विद्यालयहरु क्रमश: लक्ष्मी आधारभूत विद्यालय र बंशगोपाल माध्यमिक विद्यालय रहेका थिए । तेस्रो स्थानका लागि भने ३ वटा विद्यालयले बराबरी अंङ्क प्राप्त गरेपछि जनप्रिय मावि हेटौंडा, बालबोध मावि र ज्योति मावि हेटौंडाले तेस्रो स्थान हासिल गरेका थिए । तर पुरस्कारका लागि भने कुनै एक विद्यालय मात्र छनौट गर्नुपर्ने भएपछि तेस्रो स्थानको पुरस्कार बालवोध मावि हेटौंडाले प्रतियोगिता मार्फत नै हात पार्न सफल भएको थियो ।
कार्यक्रममा शिक्षा विकास महाशाखाका राजमणी शर्मा अधिकारी, हाजिरीजवाफ प्रतियोगिता संयोजक होम बहादुर नेपाली,को उपस्थिती रहेको थियो । शिक्षक सुनिल गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा संयोजन टोलीका ५ सदस्यहरुले निर्णायकको समेत भूमिका निर्वाह गर्नुभएको थियो । जसमा आयोजक विद्यालयका तर्फबाट शिक्षकहरु भुपेन्द्र चौलागाई, संप्रस पौडेल,अभिषेक वास्तोला, बिष्णुहरि गौतम, अनिता तिमल्सेना, शोभा पाठक, नीर बहादुर खड्का, लक्ष्मी चौलागाई,जीवन गुरुङ्ग, लगायत रहनुभएकझो थियो । शिव प्रसाद चौलागाई, रमेश रिजाल, रित बहादुर श्रेष्ठ, बिक्रम थापा, बिमल सापकोटा, लगायत शिक्षकहरुको उपस्थिती रहेको थियो ।
