जनप्रिय मावि हेटौंडामा अत्याधुनिक गणित विषय ल्याव उद्घाटन



जिल्लाकै पहिलो नमूना विद्यालय जनप्रिय मावि हेटौंडा १६ मा गणित विषय शिक्षणका लागि अत्याधुनिक  ल्यावको  आज उद्घाटन भएको छ । गणित विषय विभागका शिक्षक तथा विद्यार्थी स्वयमको सक्रियतामा निर्माण गरिएको ल्यावको  हेटौंडा १६ का वडाअध्यक्ष रामकृष्ण कोईरालाको प्रमूख आतिथ्यतामा आज उद्घाटन गरिएको हो ।

 गणित विषय दैनिक जीवनसंग प्रत्यक्ष जोडिएको विषय हुँदाहुँदै पनि त्यसको मूर्त धारणा वसाउन ल्यावको अभावमा बालबालिकाले कठीनाई महशुस गर्ने गर्दछन् । ल्यावको निर्माण र प्रयोगपछि जस्तासुकै अमूर्त विषयलाई पनि गर्दै र सिक्दै पद्दतीबाट एवम् जानेकोबाट नजानेकोतर्फ तथा अभ्यासबाट सुत्रतर्फ लैजान सकिने गणित विषय विभाग संयोजक भूपेन्द्र चौलागाईले बताउनुभयो । ल्यावको प्रयोगबाट बालबालिकामा वैज्ञानिक सोचतर्फ उन्मूख गराउन खास धारणा निर्माण गर्न सकिने पनि चौलागाईले बताउनुभयो । ल्यावमा अंकगणित, विजगणित तथा ज्यामितीय धारणा बसाउन प्रयोग हुने सामग्री र बालबालिकाका अन्य रचनात्मक सामग्री समेत रहेका छन् । कार्यक्रममा बोल्दै छोटो समयमा निर्माण गरिएको हुनाले यस्को अझै विस्तार गरिने र विद्यालयले बालबालिकाको पठनपानमा आवश्यक कुनैपनि सामग्री अपुग हुन नदिने प्रधानाध्यापक नमराज अर्यालले बताउनुभयो । 

विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण प्रसाद पनेरुको अध्यक्षतामा भएको उद्घाटन समारोहमा रोटरी क्लव मकवानपुरका अध्यक्ष रामप्रसाद शर्मा शिक्षक अभिभावक संघ का सदस्य बुद्धप्रसाद दाहाल प्रधानाध्यापक नमराज अर्याल, सहायक प्रअ रामआशिष मण्डल,समाजसेवी धीरज कार्की, हटिया जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विजय नेपाल, प्राविधिक संयाेजक माेतिउर रहमान, शिक्षकहरु लक्ष्मी श्रेष्ठ, रविन श्रेष्ठ, नीर बहादुर खड्का, मानव घलान, विदुर सापकाेटा, कल्याणकृष्ण प्याकुर्याल, सम्प्रस पौडेल, उमा श्रेष्ठ, अभिनन्द सुब्बा,युक्तलाल विश्वकर्मा, सुनिल गौतम लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमूख अतिथी कोईरालाले जनप्रिय मावि यस्ताखाले गतिविधीले गर्दा पनि नमूमा बन्न सफल रहेको र आगामी दिनमा पनि विगत जस्तै स्थानीय सरकारका तर्फबाट होस् वा ब्यक्तिगत तर्फबाट जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले शिक्षक विद्यार्थिको यो उत्साहजनक कार्यका लागि गणित विषय ल्यावको कोषमा रहनेगरि ब्यक्तिगत रुपमा १० हजार रकम समेत कार्यक्रममा सिनियर म्याथ क्लवकी संयोजक सलिना गुर्मछानलाई हस्तान्तरण गर्नुभएको हो । यसैगरी व्यवस्थापन समिति सदस्य कृष्ण पनेरुले पनि ब्यक्तिगत रुपमा रु ५ हजार रकम ल्याव कोषमा रहनेगरी हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा कक्षा १० की छात्रा द्वय स्नेहा दाहाल र सुरक्षा घिमिरेले गणित विषय सम्वद्ध सामग्रीको नमूना प्रस्तुती समेत गरेका थिए । कक्षा १० मा अध्ययनरत छात्र नवीन श्रेष्ठले स्वागत गरेको कार्यक्रमलाई छात्रा कृतिका बरालले सञ्चालन गरेकी हुन् ।  


हेर्नुहोस् तस्विरहरु -










Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.