दारी ग्याङ्गद्वारा हेटौंडा १ को बाराही आधारभूत विद्यालयमा शनिवार स्टेशनरी सामग्री वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत २० जना विपन्न तथा जेहेनदार बालबालिकालाई स्कुल ब्याग तथा स्टेशनरी सामग्री वितरण गरिएको हो । सामग्री पाएपछि खुशी हुँदै बालबालिकाहरुले आफूहरु अझ थप मेहनत गरेर अध्ययन गर्ने धारणा ब्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमलाल स्याङ्गतानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दारी ग्याङ्गका संयोजक अजित खड्का, सदस्यहरु राजन दुलाल, उत्सव दाहाल, मुस्कान वाग्ले, विकास शर्मा, निरञ्जन बर्तौला, लगायतको आतिथ्यता रहेको थियो । प्रधानाध्यापक मञ्जु देवकोटा, शिक्षक बिन्दु अधिकारी लगायतको उपस्थिति थियो ।
दारी ग्याङ्गका मुस्कान वाग्लेको सक्रियतामा भएको कार्यक्रममा समूहका निरञ्जन बर्तौला ७२ थान कपीहरु सहयोग गर्नुभएको थियो । कार्यक्रम भब्यताका साथ उत्साही अभिभावक समेतको उपस्थितीमा भएको हो ।
