नेकपा एमालेको चुनावी अभियान तीब्र

 



स्थानीय तह निर्वाचन नजिकिदैँ गएपछि हेटौंडा उपमहानगरपालिकामा चुनावी चहलपहल बढेको छ ।गत स्थानीय निर्वाचनमा प्रमुख र उपप्रमुख तथा अधिकाशं वडाहरुमा जित हासिल गरेको नेकपा एमाले यसपटक पनि भारी मत सहित जितको संघारमा रहेको दावी गरिरहेको छ । प्रमुख, उपप्रमुख र सबै वडाहरुमा समेत जित हासिल गर्न मौन अवधी शुरु हुनु अगावै शीर्ष नेताहरुसमेत घरदैलो अभियानलाई तीब्र पारिरहेका छन् ।

एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको निम्ति एकमात्रै महिला वडाअध्यक्षको दावेदार   जुना दाहालले यसपटक पनि नेकपा एमालेले हेटौंडाका सबै वडाहरुमा भारी मतले विजयी हुने दावी गर्नुभएको हो । चुनावी अभियान तीब्र हुँदै जाँदा हेडौंडाको  वडा नम्बर–११ मा वहाले यस्तो बताउनुभएको हो । आफूले गत निर्वाचनमा पनि वडा सदस्य भएर काम गर्दा प्रत्येक जनताको घरदैलोमा  जनताकै दुख सुखमा एकाकार भएको स्मरण गराउनुभयो । कोभिड संक्रमणको माहामारीमा समेत प्रत्येक जनताको घरदैलोमा पुग्नुभएकी दाहाल यसपटक पनि आफूलाई वडा अध्यक्षको रुपमा जनताले भारी मतका साथ विजयी गराउनेमा विश्वस्त रहेको बताउनुहुन्छ ।  हेटौंडाको वडा नं ११मा अध्यक्ष पदमा महिलाको तर्फबाट उम्मेदवार बनेकी जुना दाहाल सहितको टोली घरदैलो कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले केन्द्रीय सदस्य रामेश्वर राना लगायतले सहभागिता जनाएका छन् ।

दाहाल दैनिक वडा नम्बर–११ को नवलपुर, डाङडुङ्गे लगाएतका स्थानमा घरदैलो अभियानमै केन्द्रित भएकी छिन् । यता गठबन्धन दल र अन्य दलका उम्मेद्वारहरु समेत चुनावी अभियानमा जुटिसकेका छन् । नेकपा एमालेका हेटौंडा नगर मेयर पदका उम्वेद्वार अनन्त पौडेल भने आफ्नो पार्टीलाई जनताले राम्रोसंग महशुस हुनेगरी जनतासंगै एकाकार भएकोले जितका निम्ति कुनै शंका गर्नु नपर्ने बताउनुहुन्छ । हेटौंडा ११ बाट नै उपमेयर पदका उम्वेद्वार सुमित्रा काफ्लेले एमालेको जितलाई अब कसंले छेक्न नसक्ने धारणा ब्यक्त गर्नुहुन्छ । दुई पटक सम्म वडा अध्यक्ष पदमा निर्वाचित गोकर्ण पराजुली भने आफ्नो कामको मूल्याङ्कन अव जनताले नै गर्ने बताउनुहुन्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.