नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरगढीको दोस्रो अधिवेशन यही फाल्गुण २७ गते शुक्रबार हुने भएको छ । गएको शुक्रवार भएको मकवानपुरगढीको बैठकले जिल्ला समितिको निर्देशनमा निर्णय गरेको हो ।
आसन्न राष्ट्रिय अधिवेशनलाई लक्षित गर्दै जिल्ला समितिले अधिवेशनको मिति तय गरेपछि मकवानपुरगढी गाउँसमितिले पनि अधिवेशनको मिति तय गरेको हो । जिल्ला उपाध्यक्ष किशोर वर्तौलाको संयोजकत्वमा अधिवेशनको काम गर्न जिल्ला सचिवालयको बैठकले निर्णय गरेपछि मकवानपुरगढीको अधिवेशन मिति तोकिएको हो । यसअघि बिभिन्न समयमा मिति तय भएको भएपनि कोरोना तथा अन्य कारणले अधिवेशन सम्पन्न हुन बाँकि रहेको जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष श्रीराम दाहालको प्रमूख आतिथ्यतामा भएको बैठकमा मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछानेको अध्यक्षता रहेको थियो ।
यता नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिको अधिवेशन भने चैत्र ११ र १२ गते हुने भएको छ । जिल्ला समिति सचिवालय तथा पूर्ण कमिटि बैठकको निर्णयानूसार मिति तय भएको अध्यक्ष श्रीराम दाहालले बताउनुभयो । अधिवेशनको पूर्व सन्ध्यामा चैत्र १० गते साँझ ४ वजे मोटरसाईकल र्याली सहित हेटौंडा नगर परिक्रमा गर्ने र १२ गते अधिवेशन कार्यक्रम गर्ने मिति तय भएको प्रचार विभाग प्रमूख गौतमले जानकारी दिनुभयो ।
संगठन सवलीकरण अभियान पनि निरन्तर रुपमा चलिरहेको र संगठनले शिक्षकका पेशागत मुद्दामा लागिपरेको अध्यक्ष दाहालले दावी गर्नुभभएको छ । यसैक्रममा संगठनले जिल्लाभर विभिन्न समयमा कार्यक्रमहरु गर्दै आईरहेको छ । लकडाउनका समयदेखि शिक्षकको समस्या र गुनासोसम्म संगठनले सुनुवाई गर्दै आईरहेको अध्यक्ष दाहालले बताउनुभयो । यसैक्रममा आज मकवानपुरगढी गाउँपालिकाको बिभिन्न क्षेत्रमा गुनासो संकलन समेत भएको र यथासक्य संवोधन गर्ने समेत उहाले बतार्नुभयो ।
