जनप्रिय बहुमुखी क्याम्पस हेटौंडाको पाँचौं क्याम्पस सभा सम्पन्न



    जनप्रिय बहुमुखी क्याम्पस हेटौंडाको पाँचौं क्याम्पस सभा आज सम्पन्न भएको छ । मकवानपुरको उत्तरी क्षेत्रमा जनप्रिय मात्रै एकमात्र बहुमुखी क्याम्पस भएकोले यसको गरिमा अझै उँचो भएको सहभागीहरुले बताएका थिए । 

क्याम्पस सञ्चालन समितिका अध्यक्ष मदन दाहालको अध्यक्षतामा सम्पन्न भेलामा प्रदेस सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुको प्रमूख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा जनप्रिय मावि र जनप्रिय बहुमुखी क्याम्पस फरक नरहेको बरु एउटै घरबाट छुट्टिएका दाज्यू भाइ जस्तो रहेकोले यसको सहयोग उता तथा उसको सहयोग यता भन्ने धारणा ब्यक्त गरेका थिए । 

कार्यक्रममा  वडा अध्यक्ष रामकृष्ण कोईराला , जनप्रिय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश खतिवडा तथा शिक्षक अभिभावक संघ तथा क्याम्पस सभा सभासद्को उपस्थिति रहेकको थियो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.